Skip to content
Friday, July 17, 2026 Nepali Online Media

ललितपुर महानगरमा कांग्रेसका चिरीबाबु महर्जन विजयी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/36183d82156a3912469d832840a155b31495595548.jpg" style="width: 510px; float: left;"><b>जेठ १०, ललितपुर |</b> ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय हासिल गर्नुभएको छ ।&nbsp;</p><p>नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिनुभयो ।&nbsp;</p><p>महर्जनले उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारलाई ३२६ मत अन्तरले पछाडि पार्नुभएको छ । प्रमुख पदका उम्मेदवार एमालेका ब्यञ्जनकारले २४ हजार ३१६ मत प्राप्त गर्नुभएको थियो ।&nbsp;</p><p>त्यसैगरी, उपप्रमुख पदमा नेपाली काँग्रेसका गीता सत्यालले १९ हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँले निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यलाई पाँच हजार ५७९ मतले पछाडि पार्नुभयो । शाक्यले १४ हजार २४० मत प्राप्त गर्नुभएको छ । महानगरको निर्वाचनमा एमाले र राप्रपाबीच गठबन्धन रहेको थियो । रासस&nbsp;</p>