दिनेश ठकुल्ला | जेठ ११, धनगढी | कैलाली बुहमुखी क्याम्पसमा १२ बर्षपछि भएको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा अनेरास्ववियूका चुडामणी भट्ट विजयी हुनुभएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला | जेठ ११, धनगढी | कैलाली बुहमुखी क्याम्पसमा १२ बर्षपछि भएको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा अनेरास्ववियूका चुडामणी भट्ट विजयी हुनुभएको छ । 
६ माघ २०८२, सोमबार
कैलाली - KLL

१२ वर्षपछि स्ववियु चुनाव: कैलालीमा बहुमुखीमा अनेरास्ववियुको कब्जा

११ जेष्ठ २०७४, बिहीबार ०७:५०

दिनेश ठकुल्ला | जेठ ११, धनगढी | कैलाली बुहमुखी क्याम्पसमा १२ बर्षपछि भएको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा अनेरास्ववियूका चुडामणी भट्ट विजयी हुनुभएको छ । 

भट्ट ६ सय ९७ मत प्राप्त गर्दै स्ववियु सभापतिमा विजयी हुनभएको हो । उहाँका प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सभापतिका उम्मेदवार गुरुदेव केसी (सुमन) ले चार सय ९५ मत प्राप्त गर्नुभएको थियो । 

त्यस्तै, सचिवमा अनेरास्ववियूकै कृष्ण रोकायाले पाँच सय २७ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने उहाँका निकट्तम प्रतिद्धन्द्धी नेविसंघका विश्व चौधरीले चार सय नौ मत प्राप्त गर्नुभयो । 

कोषाध्यक्षमा अनेरास्ववियुकी कल्पना पालले चार सय ८२ मतसहित विजयी हुनुभयो भने नविसंघकी तृष्णा रावलले चार सय ६५ मत प्राप्त गर्दै पराजय भोग्नुभयो ।

४ हजार ५० मतदाता रहेको क्याम्पसमा ९ गते भएको मतदानमा एक हजार नौ सय ३६ मत खसेको थियो । बुधबार मतगणना भईरहेका बेला नेविसंघका प्रतिनिधिहरुले ३ सय ७५ मत च्योतपछि  गणना स्थागित भएको हो ।

झण्डै १६ सय मत गनिएपछि नेविसंघका प्रतिनिधिले मतपत्र च्यातेका थिए । मतपत्र च्यातेको आरोपमा नेविसंघका सभापतिका उम्मेद्वार गुरुदेव के.सी, नेविसंघका क्षेत्र नम्बर ६ का अध्यक्ष गजेन्द्र विक्रस साही, नेविसंघ कैलालीका कार्यबहाक जिल्ला अध्यक्ष भेष बहादुर बम, दिलिप केसी, तिलक बटाला र दिपेन्द्र सिंह गरी ६ जनालाई पनि प्रहरीले बुधबार दिउसो पक्राउ गरि साँझ छाडेको थियो । 

च्यातिएका ३ सय ७५ मतमध्ये १ सय मतमात्रै गन्न सकिेन थिए । निर्वाचन समितिले १ सय मत गणनागरेपछि विजयी घोषणा गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता