६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पा नगरपालिकामा उम्मेदवारी टुङ्गो लाग्यो (को-को परे ?)

१२ जेष्ठ २०७४, शुक्रबार ०७:३७

जेठ १२, रोल्पा | यही ३१ गते सम्पन्न हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लामा क्रियाशील राजनीतिक दलहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । 

एक नगरपालिका र नौ गाउँपालिकासहित १० स्थानीय तह रहेको रोल्पामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित ११ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् । 

जिल्लाको रोल्पा नगरपालिकाबाट काँग्रेसले पूर्व सांसद लेखनाथ आचार्यलाई प्रमुखको उम्मेदवार बनाएको छ भने उपप्रमुखमा नेपाल महिला सङ्घकी केन्द्रीय सदस्यसमेत रहेकी मिश्री हमालले उम्मेदवारी दिने बताइएको छ । 

यसैगरी, एमालेले प्रमुखमा मीना शर्मालाई अघि सारेको छ भने उपप्रमुखमा नन्दकुमार आचार्य उठ्ने तयारी भएको एमाले रोल्पाले बताएको छ । 

यसैगरी, माओवादी केन्द्रले नगरपालिकाको प्रमुखमा पूर्णबहादुर केसीलाई उठाउने भएको छ भने उपप्रमुखमा मनकुमारी घर्तीले उम्मेदवारी दिनुहुने भएको छ । नगरपालिकामा पूर्व जिविस सभापति भइसकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दलवीर पुनमगरले समेत प्रमुखमा उम्मेदवारी घोषणा गर्नुभएको छ । 

जिल्लामा आफ्नो दल एक्लै प्रतिस्पर्धामा जाने गरी तयारी गरिरहेको माओवादी केन्द्र रोल्पाका संयोजक सुरेन्द्र घर्तीमगरले बताउनुभयो । यता माओवादी केन्द्रबाहेकका दलले साझा उम्मेदवार उठाउने चर्चासमेत चलेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले यसअघि ५ नं प्रदेशबाट रोल्पा जिल्लालाई छुट्याउन संसद्मा पेस गरेको संविधान संशोधन विधेयकका विरुद्ध माओवादी केन्द्रबाहेकका दलले लामो समयसम्म आन्दोलन गरेका थिए । त्यही आन्दोलनकारीहरुको मोर्चा कायम राख्न भन्दै साझा उम्मेदवारी दिने चर्चासमेत सुनिन थालेको छ । 

नगर क्षेत्रमा सबै दलले एक्लाएक्लै उम्मेदवारी दिए काँग्रेस र माओवादी केन्द्रका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने बताइएको छ । काँग्रेसका प्रत्यासी लेखनाथ आचार्य सांसद भइसकेका व्यक्ति हुन् भने माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार केसी पनि युवा नेता भएकाले यी दुईको प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । 

साविक लिवाङ, खुमेल, धवाङ, ह्वामा, जंकोट र कोटगाउँ पूरै एवम् कोर्चवाङ र जेद्वाङका केही वडा समायोजन गरी रोल्पा नगरपालिका बनाइएको छ । 

माओवादी केन्द्रका वरिष्ट नेता एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री एवम् माओवादी केन्द्रका प्रभावशाली युवा नेता वर्षमान पुन र सभामुख ओनसरी घर्तीमगरको गृह नगर यस नगरपालिकाको निर्वाचनलाई धेरैले चासोका रुपमा हेरेका छन् । 

मुख्य तीन राजनीतिक दलका साथै अन्य दल र स्वतन्त्र उम्मेदवारले समेत गाउँ गाउँ पुगी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता