६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१७ नम्बर वडाले रेणुलाई साथ दिन थालेपछि भरतपुरको मतान्तर फेरी घट्यो

१३ जेष्ठ २०७४, शनिबार ०२:५१

जेठ १३, चितवन | भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेद्वार रेणु दाहालले वडा नम्बर १७ गन्न थालेपछि फेरि मतान्तरमा सुधार गरेकी छन् ।

यसअघि केही वडामा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले आफ्नो अग्रता बढाउँदै लगेपनि फेरि १७ नम्बर वडामा आएपछि रेणुले अग्रता छोट्याउन थालेकी हुन् । बिहीबारसम्म देवीको अग्रता घट्दै गएको थियो शुक्रबारबाट अग्रता फेरि बढाएका देवीका लागि रेणुले १७ वडाबाट आफ्नो पकड देखाउन थालेकी छन् ।

यसअघि वडा नम्बर २३ को मत गणना भइसक्दा देवी ज्ञवाली माओवादी केन्द्रका मेयर पदकी उम्मेद्वार रेणु दाहाल भन्दा १८ सय २० मतले अघि थिए । लगत्तै लगना भएको १७ वडाबाट रेणुले मतान्तर छोट्याइन् । उक्त वडामा कुल खसेको ३० हजार ८७ मत मध्ये अहिलेसम्म ११९६ मत गनिएको छ ।

पछिल्लो मत गणना अनुसार एमालेका उम्मेदवार देवी ज्ञवालीले ३६,९५८ मत प्राप्त गरेका छन् भने कांग्रेस-माओवादी गठबन्धनकि उम्मेदवार रेणु दाहालले ३५,३०१ मत प्राप्त गरेकी छन् । यसरी उनीहरुको मतको अन्तर १७ नम्बर वडाको प्रारम्भिक मत गणना हुँदै गर्दा मतान्तर घटेर १६५७ मा भएको छ ।

त्यस्तै उपमेयर पदका लागि काङ्ग्रेस-माओवादि गठबन्धनकि उम्मेदवार पार्वती शाहले ३८,९९४ मत ल्याउन सफल भएकी छन् भने एमाल्लेकी उम्मेदवार दिव्या शर्माले ३३,६३६ मत प्राप्त गरेकी छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता