जेठ १५, चितवन | भरतपुरमा मतगणना स्थलमै मत च्यातेको भन्दै माओवादीलाई आरोप लागाईएको छ | यस बिषयमा पुष्टि नभएको भए पनि अहिले भारतपुरमा मतगणना स्थल नजिकको स्थिति तनावपूर्ण बन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १५, चितवन | भरतपुरमा मतगणना स्थलमै मत च्यातेको भन्दै माओवादीलाई आरोप लागाईएको छ | यस बिषयमा पुष्टि नभएको भए पनि अहिले भारतपुरमा मतगणना स्थल नजिकको स्थिति तनावपूर्ण बन"/>

2026-07-26 08:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुरमा गन्दागन्दैको मतपत्र माओवादीले च्यातेपछी तनावग्रस्त

जेठ १५, चितवन | भरतपुरमा मतगणना स्थलमै माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछी बिबाद उत्पन्न भएको छ | घटना पछी अहिले भारतपुरमा मतगणना स्थल नजिकको स्थिति तनावपूर्ण बनेको छ | 

मतगणना जारी रहँदा वाईसीएल जिल्ला इन्चार्ज मधु न्यौपानेले मतपत्र च्यातेका थिए । मतपत्र च्यात्ने न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि पनि मतगणनास्थल भित्रै रहेका अर्का प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए ।

न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्तिम समयमा बबाल हुने संकेत पाएको भन्दै एमालेले मतगणना स्थलमा कार्यकर्ताहरुलाई घटना हुनु अगावै थुपारेको थियो | मतगणना स्थल बाहर समेत एमालेले बबाल गरेपछि भरतपुर तनावग्रस्त भएको छ |

मतगणना रोकिएको छ | घटनास्थलबाट राति साढे १ बजे संचारकर्मी बोमलाल गिरीले दिएको जानकारी अनुसार मतगणना स्थललाई ताला लगाएर प्रहरीले सुरक्षा दिएर राखेको छ | केहीबेर अघिसम्म स्थिति तनाबग्रस्त रहेपनि अहिले सामान्य बन्दै गएको छ | उनको अनुसार अब निर्वाचन आयोगको निर्देशन अनुसार मात्र मतगणना कहिले हुन्छ भन्ने बारे भन्न सकिने अवस्था छ | 

तश्विर: बोमलाल गिरी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली