जेठ १५, चितवन | भरतपुरमा मतगणना स्थलमै मत च्यातेको भन्दै माओवादीलाई आरोप लागाईएको छ | यस बिषयमा पुष्टि नभएको भए पनि अहिले भारतपुरमा मतगणना स्थल नजिकको स्थिति तनावपूर्ण बन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १५, चितवन | भरतपुरमा मतगणना स्थलमै मत च्यातेको भन्दै माओवादीलाई आरोप लागाईएको छ | यस बिषयमा पुष्टि नभएको भए पनि अहिले भारतपुरमा मतगणना स्थल नजिकको स्थिति तनावपूर्ण बन"/>

2026-10-21 02:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुरमा गन्दागन्दैको मतपत्र माओवादीले च्यातेपछी तनावग्रस्त

जेठ १५, चितवन | भरतपुरमा मतगणना स्थलमै माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछी बिबाद उत्पन्न भएको छ | घटना पछी अहिले भारतपुरमा मतगणना स्थल नजिकको स्थिति तनावपूर्ण बनेको छ | 

मतगणना जारी रहँदा वाईसीएल जिल्ला इन्चार्ज मधु न्यौपानेले मतपत्र च्यातेका थिए । मतपत्र च्यात्ने न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि पनि मतगणनास्थल भित्रै रहेका अर्का प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए ।

न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्तिम समयमा बबाल हुने संकेत पाएको भन्दै एमालेले मतगणना स्थलमा कार्यकर्ताहरुलाई घटना हुनु अगावै थुपारेको थियो | मतगणना स्थल बाहर समेत एमालेले बबाल गरेपछि भरतपुर तनावग्रस्त भएको छ |

मतगणना रोकिएको छ | घटनास्थलबाट राति साढे १ बजे संचारकर्मी बोमलाल गिरीले दिएको जानकारी अनुसार मतगणना स्थललाई ताला लगाएर प्रहरीले सुरक्षा दिएर राखेको छ | केहीबेर अघिसम्म स्थिति तनाबग्रस्त रहेपनि अहिले सामान्य बन्दै गएको छ | उनको अनुसार अब निर्वाचन आयोगको निर्देशन अनुसार मात्र मतगणना कहिले हुन्छ भन्ने बारे भन्न सकिने अवस्था छ | 

तश्विर: बोमलाल गिरी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ