अछामका सबै नगर तथा गाउँपालिकामा निर्वाचन कार्यालय स्थापना हुँदै

Posted on: 29 May, 2017


कमल रावल/जेठ १५, अछाम । आगामि जेठ ३१ गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरि मुख्य निर्वाचन कार्यालय अछाममा सर्व पक्षिय बैठक सम्पन्न भएको छ । 

जिल्ला न्यायधिश मुख्य निर्वाचन अधिकृत हरि प्रसाद उपाध्याय पंगेनिको अध्यक्षतामा बसेको बैठकले जेठ १५ गतेबाटै जिल्लाका नगर, गाउँपालिका केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, निर्वाचन आचारसँहिता पुर्ण रुपमा पालना गर्ने प्रतिबद्धता ब्यक्त गरिएका छन । 

यस्तै स्थानिय तह निर्वाचन २०७४ मा मनोनयन दर्ताका प्रावधान, परिचय पत्र वितरण तथा ब्यावस्थापनका बिषयमा छलफल र निवार्चन सम्पन्न गराउन निर्वाचन अधिकृतलाई सहयोग गर्ने, निर्वाचन प्रतिनिधी, मतदान प्रतिनिधी, मतगणना प्रतिनिधी रहने सम्बन्धमा सम्बन्धीत दलहरुले आ आफना सयन्त्रलाई सु-सुचित गर्ने निर्णय गरिएका छन । 

सर्व पक्षिय बैठकमा जिल्ला स्थित राजनितिक दलका प्रतिनिधी सुरक्षा निकायका प्रमुख प्रतिनिधी नगर, गाउँपालिका केन्द्रका निर्वाचन अधिकृतको सहभागिता रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!