जेठ १५, कञ्चनपुर | नेकपा एमाले कञ्चनपुरका नेता यज्ञ प्रशाद कँडेल सहितका एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन् । 

सोमबार माओवादी केन्द्र कञ्चन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १५, कञ्चनपुर | नेकपा एमाले कञ्चनपुरका नेता यज्ञ प्रशाद कँडेल सहितका एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन् । 

सोमबार माओवादी केन्द्र कञ्चन"/>

१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एमाले नेता कँडेल सहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस

१५ जेष्ठ २०७४, सोमबार १४:५२


जेठ १५, कञ्चनपुर | नेकपा एमाले कञ्चनपुरका नेता यज्ञ प्रशाद कँडेल सहितका एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन् । 

सोमबार माओवादी केन्द्र कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पार्टी प्रवेस कार्यक्रममा एमाले सचिवालय सदस्य समेत रहेका कँडेलले औपचारिक रुपमा एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेस गरेका हुन् ।

 माओवादी केन्द्र ७ नम्बर प्रदेशका प्रचारप्रचार विभाग प्रमुख ओम बिक्र्म भाटले यस अघि बेलौरीमा एमालेका ७० कार्यकर्ता प्रवेस गरेको बताउदै सोमबार औपचारिक रुपमा कँडेलले माओवादी केन्द्र प्रवेस गरेको बताए ।

 उनका अनुसार कँडेल संगै एमाले बेलौरीकी कार्यकर्ता राधा कँडेल र काँग्रेस बेलौरीका कार्यकर्ता अशोक प्रशात धिताल, कमल गौमत लगायतका कार्यकर्ताले माओवादी केन्द्र प्रवेस गरेका छन् । 

उनीहरुलाई सामुहिक रुपमा पार्टी प्रवेस गराउदै माओवादी केन्दका नेता लेखराज भट्टले टिका लगाएर पार्टी प्रवेस गराएका छन् । पार्टी प्रवेस गराउदै नेता भट्टले नव प्रवेसी नेताहरुलाई समान रुपमा जिम्मेबारी दिईने बचन दिए । 

माओवादी केन्द्र प्रवेस गर्दै कँडेलले एमालेले आफुले सोधेका प्रशनको जवाफ नदिएका कारण माओवादी केन्द्र प्रवेस गरेको बताए । ‘म एमालेमा लामो समयदेखि एमालेमा इमान्दार भएर काम गर्दै थिए, ‘उनले भने, ‘पार्टी भित्र जातियता, क्षेत्रीयता, नातावादा र कृपावाद हावीले एमाले छाडेको हुँ ।’ आफुलाई टिकट नदिएका कारण एमाले नछाडेको भन्दै एमाले भित्रको प्रवृतिले माओवादी केन्द्र रोजेको बताए । आफ्ना प्रशनको जवाफ एमाले नेताले नदिदा पार्टी परित्याग गरेको उनको भनाई छ । ‘मैले भीम रावल संग जवाफ मागे रावलले पनि उत्तर दिन सकेनन्, ‘उनले भने, ‘एमालेमा बस्नुको तुक नहुँदा माओवादीमा आए ।’ 

आफुलाई रोक्न जिल्लादेखि केन्द्रका भिम रावलसम्मका नेताहरुले आग्रह गरेपनि आफुले उनीहरुको आग्रह नर्कादै माओवादी केन्द्र रोजेको स्पष्ट पारे । ‘पुनर्वासमा फैरु तामाङ्गलाई टिकट दिएर खोस्यो, ‘उनले भने, ‘यो सरासर समुदाय विषेशमा प्रहार भयो ।’ आफु केपी ओलीको पक्षधर भएको खुलासा गर्दै उनले ओली निकटलाई पार्टीभित्रबाट विभेद गरेको बताए । 

राजावादी र धर्मनिरपेक्षा बिरोध दलसंग चुनावमा एमालेले साँठगाँठ गरेको विषय बारे उनले आर्चयता प्रकट गरेका छन् । 

 ‘मैले एमाले भित्र टिकट वितरणमा सबै समुदायको प्रतिनिधित्वको कुरा उठाएको थिए, ‘उनले भने, ‘मेरा कुरा कसैले सुनेन् र आज माओवादीमा प्रवेस गर्दा एमालेका नेताहरुले फोन गरेर पार्टी नछाड्न आग्रह गरिरहेका थिए ।’ 

बेलौरीमा माअ‍ोवादीलाई चुनाव जिताउन आफु हिडेको समेत उनले घोषणा गरेका छन् । माओवादी केन्द्र कञ्चनपुरका इन्चार्ज देविलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रवेस कार्यक्रमको संचालन माओवादी केन्द्र ७ नम्बर प्रदेशका प्रचार प्रसार विभाग प्रमुख तथा युवा नेता ओम प्रकास भाटले कार्यक्रम संचालन गरेका थिए । – धर्मराज कठायत 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल