2026-09-08 04:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

एकै टेबुलबाट दश वडा कार्यालय सन्चानल

दान बहादुर बुढा/जेठ २५, मुगु । नेपाल सरकारले नयाँ संरचना अनुसार प्रदेश,नगरपालीका,गाँउपालीका, वडा पालीकाको संरचनामा परिवतन गरेपछी मुगु जिल्लाको जिल्ला लाई ३ गाँउ पालीका, १ नगरपालीका ,६० वडाको संरचना अनुसार मुगुको एक मात्र छायानाथ रारा नगरपालीका मा १४ वडामा बिभाजन भएको हुदा नयाँ संरचना अनुसार वडा कार्यायलयको स्थापना नहुँदा गमगडी बजारमा रहेको छाँयानाथ रारा नगर पालीकाको भवनमा ५ वडा देखी १४ वडा सम्मको काम एकै टेबुलबाट सन्चालन भईरहेको छ ।

साबैकैका पिना, श्रीनगर, कार्कीवाडा, रुगा, र रोवा गरी ५ गाबिसको समिकरण गरी १ नगरपालीका हुदा एक दिन हिडेर सदरमुकाम गमगढी पुगेर वडा पालीकामा नै हुने काम गनको लागी गमगढी आउदा समय बढी लाग्ने एकै कोठा भित्र १० वडाको कार्यालय सन्चालन हुदा समयमा पाले नपाईने त कहीले कर्मचारी नभेटीने स्थानिय बासीको गुनासो रहेको छ ।

सानो साघुरो कोठामा ४, वडा देखी १४ वडा सम्मको वडा कार्यालय एकै ठाउमा चलाउदा गारो भएको  सेवा ग्राहीलाई बस्न पनि समस्या भएको बस्नेकोठा नभएकोहुदा समस्या छ जनशक्ती समेत कम भएको केहस् साथीहरु घरबिदामा बसेका हुदा दिन रात नभनी पसिना चुहाउने गरी काम गरेको १३र १४ वडा पालीकामा काम गर्ने खरीदार रामानन्द्र बिकले जनाएका छन ।

छायानाथ रारा नगरपालीको १देखी १४ वडा सम्ममा नेपाल सरकारले कर्मचारीको ब्याबस्था नभएको हुदा ।२०७४।२।२२ गते नर्वनिवाचित नगर प्रमुख, उपप्रमुख,वडा प्रमुख तथा उप्रमुखहरुको पहिले बैठक बाट जनताहरुलाई सेवा लिनको लागी समस्या भएको हुदा अहीले हामी संग भएको कर्मचारीहरुलाई ब्याबस्था मिलाएर साबिकका गाबिस कार्यालयमा ३/३ वडा रहने गरी वडा कार्यालय सन्चालन भोली बाट सन्चालन गरीने नर्वनिवाचित छाँयानाथ रारा नगरपालीकाका प्रमुख हरीजङ्ग शाहीले बताएका छन ।

यता कार्यालय सन्चालनको लागी भवन नहुदा समस्या भएको र जनताहरुले समयमानै सेवा लिन सकेका छैनन् साबैकका पिना, रोवा, रुगा, श्रीनगर, कार्कीवाडामा रहेका लाखै मूल्य बरबरका भवनहरु प्रयोग बिहीन भएका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ