६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर–१९ मा फरक शैलीमा प्रचार सुरु

२६ जेष्ठ २०७४, शुक्रबार ११:४१

जेठ २६, चितवन । भरतपुर महानगरपालिका–१९ मा पुनःनिर्वाचन नगर्न/नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै यहाँका राजनीतिक दल फरक–फरक शैलीमा निर्वाचनको प्रचार–प्रसारमा जुटेका छन् ।

निर्वाचन आयोगले मतपत्र च्यातिएकाले पुनः मतदान गर्ने निर्णय गरेसँगै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले तत्कालका लागि पुनः निर्वाचन प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो ।

आदेश जारी भएपनि नेपाली कांग्रेस र माओवादी केन्द्र पुनः मतदान हुने भन्दै घरदैलो अभियान र चुनावीसभामा जुटेका छन् ।

नेकपा एमालेले भने मतपत्र च्यात्नेविरुद्धमा जनचेतना अभियान भन्दै घरदैलो गरिरहेको छ । सो वडाका चार स्थानमा कांग्रेस र माओवादीले संयुक्त सम्पर्क कार्यालय स्थापना गरी प्रचार–प्रसारमा जुटेका छन् ।

सो वडाका माओवादीका वडाध्यक्ष र सदस्य पदका उम्मेदवारले नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्न थालेका छन् ।

ती दुई पार्टीले प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार दाहाल र अन्य पदमा कांग्रेसका उम्मेदवारलाई सघाउने सहमति गरी निर्वाचनमा जुटेका हुन् ।

एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले पत्र बनाएर मतदाताको घरघरमै पुगेर धन्यवाद ज्ञापन गर्दै मतपत्र च्यात्नेकाबारेमा मतदातालाई जानकारी गराउने काम भइरहेको बताए ।

उनले भने–‘हामी मतगणना हुन्छ भन्नेमा नै छौं, मतदातालाई तपाइँको मतपत्र च्यात्ने यो हो भनेर बुझाउने काम भइरहेको छ ।’

‘आफूले दिएको मत कसले च्यात्यो ?’ त्यो जान्ने अधिकार जनतालाई भएकाले मतपत्र च्यात्नेविरुद्धको जनचेतनामूलक अभियानमात्रै गरिएको उनले बताए ।

एमाले कार्यकर्ताले मतपत्र माओवादीले च्यातेकाले फेरि चुनाव भएमा उनीहरुलाई मत दिन नहुने सन्देश मतदाताकहाँ पुर्‍याएको पाइएको छ ।

तीनै दल निर्वाचन भएमा आ–आफ्नो पक्षमा मतदान गर्न प्रचारमा जुटेका हुन् । गएको जेठ १४ गते राति मतगणनास्थलमा गणना हुँदै गर्दा ९० ओटा मतपत्र उम्मेदवारका प्रतिनिधिले च्यातेसँगै मतगणना स्थगित भएको थियो । भरतपुर महानगरमा २९ ओटा वडा छन् ।

जसमध्ये वडा नम्बर–१९ को मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको हो । योसहित वडा नम्बर–२० कोमात्र मतगणना गर्न बाँकी छ ।

दुई वडाको मतगणना गर्न बाँकी रहँदा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहालभन्दा ७८४ मतले अगाडि रहेका थिए ।

वडा नम्बर–१९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा