२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर–१९ मा फरक शैलीमा प्रचार सुरु

२०७४, २६ जेष्ठ शुक्रबार ११:४१

जेठ २६, चितवन । भरतपुर महानगरपालिका–१९ मा पुनःनिर्वाचन नगर्न/नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै यहाँका राजनीतिक दल फरक–फरक शैलीमा निर्वाचनको प्रचार–प्रसारमा जुटेका छन् ।

निर्वाचन आयोगले मतपत्र च्यातिएकाले पुनः मतदान गर्ने निर्णय गरेसँगै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले तत्कालका लागि पुनः निर्वाचन प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो ।

आदेश जारी भएपनि नेपाली कांग्रेस र माओवादी केन्द्र पुनः मतदान हुने भन्दै घरदैलो अभियान र चुनावीसभामा जुटेका छन् ।

नेकपा एमालेले भने मतपत्र च्यात्नेविरुद्धमा जनचेतना अभियान भन्दै घरदैलो गरिरहेको छ । सो वडाका चार स्थानमा कांग्रेस र माओवादीले संयुक्त सम्पर्क कार्यालय स्थापना गरी प्रचार–प्रसारमा जुटेका छन् ।

सो वडाका माओवादीका वडाध्यक्ष र सदस्य पदका उम्मेदवारले नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्न थालेका छन् ।

ती दुई पार्टीले प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार दाहाल र अन्य पदमा कांग्रेसका उम्मेदवारलाई सघाउने सहमति गरी निर्वाचनमा जुटेका हुन् ।

एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले पत्र बनाएर मतदाताको घरघरमै पुगेर धन्यवाद ज्ञापन गर्दै मतपत्र च्यात्नेकाबारेमा मतदातालाई जानकारी गराउने काम भइरहेको बताए ।

उनले भने–‘हामी मतगणना हुन्छ भन्नेमा नै छौं, मतदातालाई तपाइँको मतपत्र च्यात्ने यो हो भनेर बुझाउने काम भइरहेको छ ।’

‘आफूले दिएको मत कसले च्यात्यो ?’ त्यो जान्ने अधिकार जनतालाई भएकाले मतपत्र च्यात्नेविरुद्धको जनचेतनामूलक अभियानमात्रै गरिएको उनले बताए ।

एमाले कार्यकर्ताले मतपत्र माओवादीले च्यातेकाले फेरि चुनाव भएमा उनीहरुलाई मत दिन नहुने सन्देश मतदाताकहाँ पुर्‍याएको पाइएको छ ।

तीनै दल निर्वाचन भएमा आ–आफ्नो पक्षमा मतदान गर्न प्रचारमा जुटेका हुन् । गएको जेठ १४ गते राति मतगणनास्थलमा गणना हुँदै गर्दा ९० ओटा मतपत्र उम्मेदवारका प्रतिनिधिले च्यातेसँगै मतगणना स्थगित भएको थियो । भरतपुर महानगरमा २९ ओटा वडा छन् ।

जसमध्ये वडा नम्बर–१९ को मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको हो । योसहित वडा नम्बर–२० कोमात्र मतगणना गर्न बाँकी छ ।

दुई वडाको मतगणना गर्न बाँकी रहँदा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहालभन्दा ७८४ मतले अगाडि रहेका थिए ।

वडा नम्बर–१९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना