जेठ २७, कञ्चनपुर । पाँचौ राष्ट्रिय कृषक दिवस कृषक विकास समिति कञ्चनपुर र राष्ट्रिय कृषक महासंघ नेपालको सहयोगमा शनिबार एक कार्यक्रमको आयोजना गरि भव्यताको साथ मनाइए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २७, कञ्चनपुर । पाँचौ राष्ट्रिय कृषक दिवस कृषक विकास समिति कञ्चनपुर र राष्ट्रिय कृषक महासंघ नेपालको सहयोगमा शनिबार एक कार्यक्रमको आयोजना गरि भव्यताको साथ मनाइए"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पाँचौ राष्ट्रिय कृषक दिवस कञ्चनपुरमा पनि मनाइयो

२७ जेष्ठ २०७४, शनिबार १२:०१


जेठ २७, कञ्चनपुर । पाँचौ राष्ट्रिय कृषक दिवस कृषक विकास समिति कञ्चनपुर र राष्ट्रिय कृषक महासंघ नेपालको सहयोगमा शनिबार एक कार्यक्रमको आयोजना गरि भव्यताको साथ मनाइएको छ । 

यस कृषक विकास समितिले २४० महिला संगठन बनाई कञ्चनपुरका हरेक क्षेत्रमा कृषि व्यवसाय मुलक खेतीको तालिम दिएको छ, जसमा विसादि रहित आर्गनिक किसिमले खेती गर्न १३० देखि १४० जना सम्म कृषकलाई तालिम दिई योग्य कृषक बन्नमा सहयोग गरि आत्मनिर्भर बनाउन पहल गरेको उक्त कार्यक्रमका सभापति ईश्वर जोशीले बताउनु भयो ।

‘खेतीयोग्य जग्गा जमिनको संरक्षण गरौं खाद्यान्न उपजमा वृद्धि गरौं’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा उत्कृष्ट कृषि व्यवसाय गर्ने किसानलाई कृषक सम्मान–पत्रले सम्मान गरिएको थियो । सम्मान पाउनेमा– वेदकोट नगरपालिककी राज्यलक्ष्मी राना, लालमती राना, रामवती राना बेलौरी नगरपालिकाका भवेन्द्र शाह,  र भिमदत्तनगरपालिकाकी कलावती डगौरा, अनिता डगौरा, सरस्वती डगौरा, गंगा डगौरा, करण बोहरा त्यसैगरी कृषि पत्रकारिता गरको भन्दै पत्रकार भास्कर केसीलाई पनि सम्मान गरिएको थियो ।

अब कृषकले व्यवसाय मुलक खेती गर्नु पर्ने, किसानलाई हेर्ने दृष्टि परिर्वतन गरि सम्मानजनक रुपले हेर्नु पर्ने, रोजगारी बढाउन र श्रीमानको हातमा हातेमालो गर्नको लागि पनि कृषिमा उब्जनी बढाई त्यसलाई व्यसायिक बनाई आम्दानीको श्रोत बनाउन सकिने कृषि विकास समितिकि कोषाध्यक्ष रेनु मल्लले बताउनु भयो ।

जोशीको सभापतित्वमा भएको उत्त कार्यक्रममा प्रमुख अतिथी विश्व शान्तिको लागि पैदल यात्री मेची देखि महाकाली पुगेका छविलाल धवन रेहका थिए भने विशिष्ट अतिथिमा रुद्रलाल भट्ट रहेका थिए  कार्यक्रम सञ्चालन बसन्ती धामीले गर्नु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो