जेठ २८, पोखरा | पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जननिर्वाचित प्रतिनिधिलाई गरिने स्वागत, बधाई तथा सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गर्नुभएको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २८, पोखरा | पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जननिर्वाचित प्रतिनिधिलाई गरिने स्वागत, बधाई तथा सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गर्नुभएको छ ।&"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरा महानगरका प्रमुखको घोषणा – स्वागत/सम्मानमा सहभागी नहुने

२८ जेष्ठ २०७४, आईतवार ०१:३७

जेठ २८, पोखरा | पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जननिर्वाचित प्रतिनिधिलाई गरिने स्वागत, बधाई तथा सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गर्नुभएको छ । 

पोखरा–७ को एयरपोर्ट टोल विकास संस्थाद्वारा निर्मित चौतारीको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिसीले महानगरवासीको अन्तरआत्मादेखिकै सम्मानले आफू प्रमुखमा निर्वाचित भएको बताउनुभयो । 

“तपाईंहरुले मत दिनु नै मेरा लागि सबैभन्दा ठूलो सम्मान हो”, उहाँले भन्नुभयो – “आगामी दिन सम्मान र बधाईको सट्टा समृद्ध महानगर बनाउने अठोटलाई साकार पार्न सबैले साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।” 

विभिन्न सङ्घसंस्थाले आयोजना गरेका कार्यक्रममा सहभागी हुँदा जनताको कामसमेत प्रभावित भएको महसुस गरी आफूले यो घोषणा गरेको उहाँको भनाइ थियो । 

बधाई, शुभकामना, शुभेच्छाका साथै केही गुनासो भए राख्न दिउँसो ३ बजेपछि कार्यालयमै प्रमुखसँग भेट्ने व्यवस्था मिलाएको जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताउनुभयो । 

जनप्रतिनिधिलाई सम्मान 

यसैबीच, नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं ३ द्वारा आयोजित एक कार्यक्रमकाबीच वडाबाट जननिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ । 

कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ता, स्थानीय सङ्घसंस्था तथा शुभेच्छुकहरुले निर्वाचित वडाध्यक्ष मनबहादुर गुरुङसहित वडासदस्यहरुलाई अबिर, माला र खादाले सम्मान गरिएको हो । 

कार्यक्रममा बोल्दै कास्की काँग्रेसका सचिव सुदीपमोहन भट्टराईले काँग्रेसले स्थापित गरेको लोकतन्त्र कहिल्यै कसैसँग नहार्ने उल्लेख गर्नुभयो । 

कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जनताको मन जित्ने काम गरी पार्टीलाई सशक्त बनाउनु अहिलेको आवश्यकता भएको औँल्याउनुभयो । 

नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं ३ का कार्यबाहक सभापति नारायण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित वडाध्यक्ष मनबहादुर गुरुङ, युवा नेता अर्जुन गुरुङलगायतले पार्टीको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या