जेठ २८, पोखरा | पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जननिर्वाचित प्रतिनिधिलाई गरिने स्वागत, बधाई तथा सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गर्नुभएको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २८, पोखरा | पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जननिर्वाचित प्रतिनिधिलाई गरिने स्वागत, बधाई तथा सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गर्नुभएको छ ।&"/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरा महानगरका प्रमुखको घोषणा – स्वागत/सम्मानमा सहभागी नहुने

२०७४, २८ जेष्ठ आईतवार ०१:३७

जेठ २८, पोखरा | पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जननिर्वाचित प्रतिनिधिलाई गरिने स्वागत, बधाई तथा सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गर्नुभएको छ । 

पोखरा–७ को एयरपोर्ट टोल विकास संस्थाद्वारा निर्मित चौतारीको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिसीले महानगरवासीको अन्तरआत्मादेखिकै सम्मानले आफू प्रमुखमा निर्वाचित भएको बताउनुभयो । 

“तपाईंहरुले मत दिनु नै मेरा लागि सबैभन्दा ठूलो सम्मान हो”, उहाँले भन्नुभयो – “आगामी दिन सम्मान र बधाईको सट्टा समृद्ध महानगर बनाउने अठोटलाई साकार पार्न सबैले साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।” 

विभिन्न सङ्घसंस्थाले आयोजना गरेका कार्यक्रममा सहभागी हुँदा जनताको कामसमेत प्रभावित भएको महसुस गरी आफूले यो घोषणा गरेको उहाँको भनाइ थियो । 

बधाई, शुभकामना, शुभेच्छाका साथै केही गुनासो भए राख्न दिउँसो ३ बजेपछि कार्यालयमै प्रमुखसँग भेट्ने व्यवस्था मिलाएको जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताउनुभयो । 

जनप्रतिनिधिलाई सम्मान 

यसैबीच, नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं ३ द्वारा आयोजित एक कार्यक्रमकाबीच वडाबाट जननिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ । 

कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ता, स्थानीय सङ्घसंस्था तथा शुभेच्छुकहरुले निर्वाचित वडाध्यक्ष मनबहादुर गुरुङसहित वडासदस्यहरुलाई अबिर, माला र खादाले सम्मान गरिएको हो । 

कार्यक्रममा बोल्दै कास्की काँग्रेसका सचिव सुदीपमोहन भट्टराईले काँग्रेसले स्थापित गरेको लोकतन्त्र कहिल्यै कसैसँग नहार्ने उल्लेख गर्नुभयो । 

कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जनताको मन जित्ने काम गरी पार्टीलाई सशक्त बनाउनु अहिलेको आवश्यकता भएको औँल्याउनुभयो । 

नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं ३ का कार्यबाहक सभापति नारायण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित वडाध्यक्ष मनबहादुर गुरुङ, युवा नेता अर्जुन गुरुङलगायतले पार्टीको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी