जेठ ३१, कञ्चनपुर | स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा नेकपा माओवादी केन्द्र कञ्चनपुरले ९ वटै स्थानीय तहमा निर्वाचन चुनावी कार्यक्रम तिव्र पारेको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ ३१, कञ्चनपुर | स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा नेकपा माओवादी केन्द्र कञ्चनपुरले ९ वटै स्थानीय तहमा निर्वाचन चुनावी कार्यक्रम तिव्र पारेको छ । 

८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुरकै नमुना नगरपालिका बनाउँछौँः रसायली

३१ जेष्ठ २०७४, बुधबार १६:०२


जेठ ३१, कञ्चनपुर | स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा नेकपा माओवादी केन्द्र कञ्चनपुरले ९ वटै स्थानीय तहमा निर्वाचन चुनावी कार्यक्रम तिव्र पारेको छ । 

यस्तै कञ्चनपुरको पहिलो भीमदत्त नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट मेयरका उमेद्बार गोपाल रसायली, उप मेयरका उमेद्बार नारु सिह, लगायत १९ वटै वडाका अध्यक्ष क्र्मस गैरसिह धामी, डिके कार्की, लोकराज जोशी, सिद्ध नेपाली, राजु खडका, अम्बादत्त भट्ट, शंकर कुँवर, वकिल सिह घरेडी, मोतीसिह महता, तारा दत्त जोशी, चन्द्र धामी, पन्त, शंकर सुनार, गोरख बहादुर सिह, प्रकास कलौनी, प्रेम थापा मगर, कृष्ण नेपाली, कमलेश भण्डारी, जग्गु चौधरी सहितका सदस्यका उमेद्बारले घरदैलोमा जुटेका छन् । माओवादी केन्द्र भीनपाका अध्यक्ष लोकराज पन्तले युद्धस्तरमा तयारी भईरहेको बताए । 

माओवादी केन्द्र भीमदत्तका मेयरका उमेद्बार रसायलीले र उप मेयरका उमेद्बार सिहले भीनपा वडा नम्बर–१९ देखि घरदैलो अभियान शुरु गरेका छन् । उनीहरुले नगरका सम्पूर्ण जनता संग भेटघाट गदैै जनताका कुरा सुन्ने र जनताको कुरा डायरीमा रिर्पोट गरेर योजना समेत बनाईरहेका छन् । भने माओवादी केन्द्र भीमदत्तले पहिलो चरणको घरदैलो सम्पन्न गरेर दोस्रो चरणमा समेत चुनावी अभियान शुरु गरेका छन् । माओवादी केन्द्र भीमदत्त नगर उप मेयरका उमेद्बार नारु सिह लामो समयदेखि महिला मानव अधिकारका क्षेत्रमा कार्यरत छन् । आफुले महिला क्षेत्रका समस्याका साथै समग्र नगरको विकास र न्यायका लागि खटिने बताईन् । महिला, बालबालिका जेष्ठ नागरिक क्षेत्रमा आफु सकृय रहेको बताउदै उक्त समुदायका पिडाबारे आफु जानकार भएको उनले मतदातासंग प्रतिबद्धता जाहेर गरिरहेका छन् । माओवादी केन्द्रका तर्फबाट मेयरका उमेद्बार रसायलीले राजनीतिक, आर्थिक, समाजिक, साँस्कृतिक एजेण्डा लिएर जनताको घरदैलोमा पुगेका बताएका छन् । जनता संग रसायलीले बषौँ देखि सिंहदरबारमा कुण्ठित जनताको अधिकार गाउँ गाउँमा पुर्याउन माओवादी केन्द्रले खेलेको भूमिकाको चित्रण गर्दै जसले नीति बनायो उसलाई कार्यान्वयनका लागि निर्वाचित गराउन सहयोग गर्न आग्रह गरिरहेका छन् । ‘हजुर नमस्कार म माओवादी केन्द्र भीमदत्त नगरको मेयरको उमेद्बार हुँ, ‘उनी जनतासंग भन्छन्, ‘मलाई एक पटक सहयोग गर्नुपर्यो, मैलो यो नगरको मुहार फेर्ने योजना लिएको छु ।’ 

जिल्लाको पहिलो नगरपालिका भएपनि यहाँको विकास र सम्बृद्धि गर्नुपर्ने देखेकाले माओवादी केन्द्रका मेयरका उमेद्बार रसायलीले बताए । ‘यो जिल्लाकै पहिलो नगरपालिका हो, ‘उनले भने, ‘बजार क्षेत्रमा विकास भएर पनि दिगो भएन्, गाउँमा विकासै हुन सकेको छैन् ।’ नगरको ग्रामीण क्षेत्रमा सडक सञ्जाल, रोजगारी, बिजुलीका समस्या रहेको भन्दै उक्त समस्या समेत समाधान गर्न आफुसंग योजना भएको उनले बताए । ‘नगर भित्रै कुनै कुनै गाउँमा बिजुली अझैसम्म पनि विस्तार भएको छैन् ।, ‘उनले भने, ‘सडक, खानेपानी, शिक्षा र स्वास्थ्यको उस्तै समस्या छ ।’ 

यस्तै भीमदत्तको ९, १०, ११, १२ र १३ नम्बर वडा महाकालीको जोखिममा छन् । उक्त क्षेत्रमा कटानी रोक्न समेत आफ्नो विषेश पहल हुने उनले बताए । ‘महाकाली नदिको कटानी न्यूनिकरण गर्न म र मेरो पार्टीले यस अघि पनि पहल गरेका थियौँ, ‘उनले भने, ‘अब मेयरमा निर्वाचन भए स्थानीय स्तरबाटै दिगो तटबन्ध निर्माण गरिन्छ ।’ नगरको कृषिमा आधुनिकीकरण गरेर बेरोजारी समस्या हल गर्ने आफ्नो योजना रहेको रयायलीले बताए । ‘नगरको उत्तरी क्षेत्रमा सिँचाईको समस्या छ, ‘उनले भने, ‘दक्षिणी क्षेत्रमा सिँचाई व्यवस्थापन गरेर कृषि क्षेत्रको आधुनिकीकरण गर्छु ।’ 

यस्तै नगर भित्र रहेका धार्मिक, साँस्कृतिक पर्यापर्यटन ताल तलैयाको समेत संरक्षण गरि आर्थिक सम्बृद्धि तर्फ नगर गर्ने आफ्नो लक्ष्य रहेको समेत रयासयलीको भनाई छ । बजार क्षेत्रको ढल निकास र फोहोरमैला व्यवस्थापन चुनौतिका रुपमा रहेको भन्दै त्यसको उचित व्यवस्थान समेत गर्ने प्रतिबद्धता गरेका छन् । नगरको स्वास्थ्य समस्या समाधनका लागि हरेक वडाहरुमा एक अनिवार्य स्वास्थ्य संस्थाको स्थापना गरेर बालबालिका, महिला, जेष्ठ नागरिकहरुको स्वास्थ्य उपचार निःशुल्क र प्रभावकारी बनाउने योजना रहेको बताए । नगरका उपयुक्त क्षेत्रको औद्योगिकरण गरि स्थानीय स्तरमा रोजगारीका कार्यक्रम संचालन गर्ने उनका योजना छन् । रसायलीले दलित समुदाय, वैचारिक, परिर्वतनकारी, युवा, महिला, जेष्ठ नागरिकबाट मतको अपेक्षा गरेका छन् । घरदैलो अभियानमा माओवादी केन्द्रमा जनलहर बढ्दै गएको बताउदै रसायलीले आफ्नो पार्टीको एजेण्डामा जनता आकर्षण भएको विश्लेषण गरे । भीमदत्त नगरको सम्बृद्धि र दिगो विकासका लागि आफुले जिते या हारेपनि लागि पर्ने उनको प्रतिबद्धता रहेको छ । माओवादी केन्द्र भीमदत्त नगरमा जनलहर समेत बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध