2026-10-18 03:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सन्धिखर्कलाई नेपालकै नमुना शहर बनाउने कांग्रेसको प्रतिबद्धता

असार २, अर्घाखाँची । सन्धिखर्क नगरपालिकालाइ समृद्ध र नेपालकै नमुना शहर बनाउने गरि नेपाली कांग्रेसले घोषणा पत्र सार्बजनिक गरेको छ ।

सन्धिखर्क नगरपालिकालाइ ग्रिन सिटी बनाउने तथा बैदेसिक रोजगारीमा गएका युबाहरुलाई स्वदेसमै कृषि तथा पर्यटनको माध्यमबाट स्वरोजगार बनाउने कार्यक्रम सहितको घोषणा पत्र सार्बजनिक गरीएको छ ।

सन्धिखर्कको साथी होटलमा पत्रकार सम्मेलनको आयोजना गरि नगरपालिकाका मेयर पदका उम्मेदवार कमल प्रसाद भुसाल र उपमेययरका उम्मेदवार कमला आचार्यले सन्धिखर्क नगरलाइ समृद्ध, स्वस्थ र सभ्य नगर बनाउने सहितको घोषणा पत्र सार्बजनिक गर्नु भएको हो । .

आफ्नो कार्यकालमा नगरलाइ दुध, मासु, तरकारी र अण्डामा निर्भर बनाउने, प्रत्येक वडामा सस्तो तथा सुपथ मुल्यको पशल सञ्चालन गर्ने, सन्धिखर्कका सबै घरमा एक घर एक धाराको ब्यबस्था गर्ने पनि घोषणा पत्रमा समावेस गरिएको छ ।

सुपा देउराली, अर्घा, खाँची तथा मथुराबेसीलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने, केवलकारको सम्भाब्यताको अध्यन गरि अर्घा , खाँची र सुपा देउरालीमा केवलकार सञ्चालन गरिने छ ।

नगरका विभिन्न वडाहरुमा ब्यबसायीक कृषि, पशुपालन र पर्यटनको माध्यमबाट आत्मनिर्भर बनाउने, र घर आगनमै मेरो मेयर कार्यक्रम सञ्चालन गरिने पनि घोषणा पत्रमा समावेस गरिएको छ ।

सन्धिखर्क नगरपालिकाको उपमेयर पदको उम्मेदवार कमला आचार्यले सन्धिखर्क नगरपालिकालाई स्वच्छ सफा र हराबराका साथै सबैको हक स्थापित गराउन कांग्रेस प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

घोषणापत्र सार्बजनिक कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका नेता तथा पुर्ब मन्त्री रेवती प्रसाद भुसालले संबिधान कार्यन्वयन गर्ने र परिबर्तन सस्थागत गर्न कांग्रेस विना असम्भव हुने बताउनु भयो । उहाले कांग्रेस विना स्थानीय तहको विकास असम्भव भएको बताउदै कांग्रेसले जिते पछि समृद्ध शहर बनाउने बताउनु भयो।

कार्यक्रममा पुर्ब केन्द्रिय सदस्य महेन्द्र भुसाल, कांग्रेस नेता हिम्मत टण्डन, कांग्रेस जिल्ला सदस्य नेत्र भटराइ, सिता भुसाल, दलित संघका जिल्ला अध्यक्ष मणिराम परियार लगायतले मन्तब्य राख्दै कांग्रेसले कसैलाइ झुठा आश्वासन नदिने गर्न सकने काम मात्र घोषणा पत्रमा समावेस गरेको बताउनु भएको छ ।

कार्यक्रम सन्धिखर्क नगरिपालिका कांग्रेसका सचिव युवराज खत्री, सुर्य भुसाल लगाएतले कांग्रेसलाई जिताउन लागीपर्न आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु