असार ३, कञ्चनपुर | कञ्चनपुरका दुई पत्रकारलाई प्रहरीले केही सार्वजनिक अपराध गरेको आरोप लगाएर पक्राउ गरेको छ । समाचारको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३, कञ्चनपुर | कञ्चनपुरका दुई पत्रकारलाई प्रहरीले केही सार्वजनिक अपराध गरेको आरोप लगाएर पक्राउ गरेको छ । समाचारको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रन"/>

८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

समाचार लेखेकै भरमा कञ्चनपुरका दुई पत्रकार पक्राउ

३ असार २०७४, शनिबार १५:०२

असार ३, कञ्चनपुर | कञ्चनपुरका दुई पत्रकारलाई प्रहरीले केही सार्वजनिक अपराध गरेको आरोप लगाएर पक्राउ गरेको छ । समाचारको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगरबाट प्रकासित हुने मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक गणेश दत्त भट्टलाई पक्राउ गरेको हो ।

 उनीहरु दुवैलाई शनिबार पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।  भण्डारीलाई मानखण्ड दैनिकको कार्यालय तथा उहाँकै निवास र भट्टलाई महेन्द्रनगर बजारबाट पक्राउ गरेको हो । 

सम्पादक भण्डारीलाई मिति बिनाको पक्राउ पुर्जी थमौति गरेको छ, भने कार्यकारी सम्पाक भट्टलाई बजारबाट पक्राउ गरि प्रहरी भ्यानमा राखेपछि पक्राउ पुर्जी हातमा दिएको थियो । 

मानसखण्ड दैनिकमा लगातार महेन्द्रनगर बसपार्कमा स्टाफ होटल संचालकद्वय कञ्चन नाथ र पुजा नाथ पक्राउ परेको विषयमा प्रहरी संग जोडिएर समाचार छापिएको थियो ।  प्रहरीले उक्त समाचारलाई प्रहरीको चरित्र हत्या भनि प्रतिकृया दिदै आयो । 

पक्राउ परेका सम्पादक भण्डारीले प्रहरीले समाचार लेखेकै भरमा रिस साध्न आफ्नो संचारगृह बन्द हुने गरि आफु र कार्यकारी सम्पादकलाई पक्राउ गरेको बताए । ‘यो प्रेस स्वतन्त्रता माथीको ठुलो प्रहार हो, ‘उनले भने, ‘समाचार लेखेकै भरमा अपहरण शैलीमा प्रहरीले हामीलाई पक्राउ गर्यो ।’  प्रहरीमा दर्ता नहुने मुद्दा प्रहरीले नाथलाई उस्काएर आफुहरु बिरुद्ध जबरजस्त मुद्दा दर्ता गराए लफडा मच्चाएको भण्डारीको भनाई छ । ‘यो प्रेस स्वतन्त्रता बिरुद्धको सरसर कदम हो, ‘उनले भने, ‘म यो मुद्दाको सामना गर्न तयार छु ।’ 

युवती नाथका बाबु खेम राज नाथले आफ्नो छोरीको चरित्र हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएपछि पत्रकार भण्डारी र भट्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक भीम बहादुर दाहालले युवती नाथका अभिभावकले उजुरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरेको बताए । ‘खेमराज नाथले उजुरी दिएको हो, ‘उनले भने, ‘उहाँहरुलाई समाचारको रिस साध्न पक्राउ गरेका होईनौँ ।’ किटानीका आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक दाहालको भनाई छ । 

पत्रकार द्वय भण्डारी र भट्टलाई प्रहरीले समाचारकै विषयमा पक्राउ गरेको भन्दै प्रहरीको चौतर्फि बिरोध भएको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, हिरासतमा राख्ने, थुन्ने काम निन्दनिय घृषित भएको जनाएको छ । 

महासंघ कञ्चनपुरका अध्यक्ष विष्णू अवस्थीले समाचार लेखेकै भरमा कुनै पनि पत्रकारलाई यस्तो शैलीमा पक्राउ गर्नु निन्दनिय काम भएको बताए । जघन्य अपराध गरेका व्यक्तिलाई पक्राउ गर्नुको साटो पीडितको न्यायको पक्षमा समाचार लेख्दा युद्धकालिन शैलीमा पत्रकार पक्राउ गरेर प्रहरीले ज्यादती गरेको टिप्पणी गरिएको छ । यसैविच शनिबारै नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार द्वय भण्डारी र भट्टलाई पक्राउ गरेको विषयमा आपत्ति जनाएको छ । 

प्रेस विज्ञप्तीमा नेपाल पत्रकार महासंघ क्षेत्रीय पार्षद, न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष, सामुदायिक रेडियो प्रसारक संघका पूर्व महासचिव, दैनिक मानसखण्डका सम्पादक खेम भण्डारीलाई गैर न्यायीक पक्राउ पुर्जीका आधारमा निजकै निवासवाट तथा दैनिक मानसखण्डकै कार्यकारी सम्पादक एंव नेपाल पत्रकार महासंघ क्षेत्रीय पार्षद गणेशदत्त भट्ट (जी भट्ट) लाई समाचार लेखेकै भरमा पत्रकार महासंघ, शाखा कंचनपुरले जिल्ला प्रहरी कार्यालयमा छलफलका क्रममा संगै रहेको अवस्थामा क्षेत्राधिकार उल्लंघन गरी गुन्डागर्दी शैलीमा पक्राउ गरेको घट्नाप्रति खेद प्रकट गरेको छ । 

समाचारमा चित्त नबुझे अदालत वा प्रेस काउन्सिलमा मुद्दा वा उजुरी दिने कानुनी उपचार हुदा हुदै सो कानुनी उपचारको खिल्ली उडाउदै अदालतको समेत क्षेत्राधिकार उल्लंघन गरी केही सार्वजनिक अपराध ऐन अन्तरगत समाचार लेखेको भरमा प्रहरी प्रमुखको निहित स्वार्थ तथा पत्रकारको मानहानी हुने तवरले गैरन्यायीक हिरासतमा लिईएको घटना निन्दनीय भएको महासंघको ठहर छ । 

पक्राउ परेका पत्रकारलाई विना सर्त तत्काल रिहाईका लागी सरोकारवाला तथा कानुनको शासनलाई उल्लघंन गर्ने प्रहरीलाई नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले आब्हान गरेको छ । नेपाल पत्रकार महासं कञ्चनपुरका अध्यक्ष विष्णू अवस्थीले हस्ताक्षर गरेको विज्ञप्तीमा पत्रकार महासंघ, शाखा कंचनपुर अभिब्यक्ति स्वतन्त्रताका लागी जस्तो सुकै आन्दोलन गर्न तयार रहेको चेतावनी दिन दिएको छ । पत्रकार द्वय भण्डारी र भट्टलाई रिहा नगर्दासम्म कञ्चनपुरका सम्पूर्ण पत्रकार सम्बन्धित निकायमा तत्काल धर्ना लगायत बिरोधका कार्यक्रम गर्न गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध