२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका १० वटै स्थानिय तहमा मनोनयन दर्ताको सम्पुर्ण तयारी पुरा

२०७४, ४ असार आईतवार ०३:३०

कमल रावल | असार ४, अछाम | आगामि असार १४ गते हुने स्थानिय तहका लागि निर्वाचन देशैभर निर्र्वाचनमा भाग लिने दलले आज मनोनयन दर्ता गर्ने भएका छन । अछामका ४ नगरपालिका र ६ गाउपालिकाका सबै स्थानिय तहका मुख्य निर्वाचन कार्यालयमा मनोनयन दर्ताको तयारी पुुराई भईसकेको बताईएको छ । 

बिहान ८ बजेदेखि बेलुकी ४ बजे सम्म प्रक्रिया अनुसार मनोनयन दर्ता गराउन अछामका न्यायधिश तथा मुख्य निर्वाचन अधिकृत हरि प्रसाद उपाध्याय पँगेनिले आग्रह गर्नु भएको छ । २० बर्ष पछि हुुन लागेको निर्वाचन भएकाले मनोयन दर्ता प्रक्रियाई उहाँले शान्त मर्यादित ढँगले गर्न पनी राजनितिक दललाई आग्रह गर्नु भएको छ । 

साथै मगलसेन नगरपालिकाको मुख्य निर्वाचान अधिकृत समेत रहनु भएका पँगेनिले मँगलसेन मनोनयन दर्ताका लागि एमालेले दिउसो सवा १२ बजे, नेपाली काग्रेसले १ बजे लिखित रुपमै समय माग गरेको र अन्य दलले अहिले सम्म कुनै जानकारी नगराएको उहाँले बताउनु भयो । 

यसैबिच अछाममा ४७ वटा मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । १२९ मतदान स्थल र १८५ वटा मतदान केन्द्र रहेको अछाममा ६६ वटा स्थल संवेदनशील  र १६ मतदान स्थल सामान्य रहेको जनाइएको छ । चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजवुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गिकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी शंकर वहादुर विष्टले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी विष्टले बिकट, तथा सडकको पहुच नभएका तथा टेलिफोन नेटवर्क नरहेका मतदान स्थलमा हुन सक्ने अपराधिक घटनालाई मध्यनजर गर्दै मतदान केन्द्रको सुरक्षा स्थितिको वर्गिकरण गरिएको वताउनु भयो । जिल्लाका सबै क्षेत्रमा नेपाल प्रहरी र म्यादी प्रहरीसँगै विभिन्न ठाउमा शशस्त्र प्रहरीका वेस क्याम्प खडा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ