६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसेन नगरपालिमा कांग्रसको जित सुनिश्चित: मेयरका उम्मेद्धवार ढुंगाना

४ असार २०७४, आईतवार १२:३६

पूर्णबहादुर खड्का | असार ४, अछाम | नेपाली कांग्रेसको तर्फबाट मंगलसेन नगरपालिकामा मेयर पदका उम्मेद्धवार चन्द्रप्रसाद ढुंगानाले मंगलसेन नगरलाई अछामकै सुन्दर तथा नमुना नगर बनाउने योजना रहेको बताउनु भएको छ । ‘नगरभित्रका सबै सडकलाई मापदण्ड र्पुयाएर कालोपत्रे गर्ने पनि लक्ष्य छ, उहाँले भन्नुभयो नगर क्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारको पहिचान गरेर परिचय पत्र वितरण गरी उनीहरुको जीवनस्तर उकास्न आयआर्जनमूलक कार्यक्रम र तालिम ल्याइनेछ । घरघरमा विद्युत् जडान गरी मंगलसेनलाई उज्यालो नगरीका रुपमा विकसित गर्ने योजना रहेको समेत उहाँले बताउनु भयो । 

आज मंगलसेनमा मनोनयन दर्ता पछि पत्रकारहरु संगको संक्षिप्त भेटमा बोल्दै मेयर पदका उम्मेद्धवार ढुंगानाले भन्नुभयो व्यापक जनसहभागीता सहितको उत्साहले मनोनयन दर्ता भएको छ, जनताले विकास र परिर्वतन चाहेका छन कांग्रेस यो देशको परिर्वतनको संबाहक हो त्यसले हाम्रो जित सुनिश्चित छ । साथै उहाँले भन्नु भयो जनताले विगतमा भएका परिर्वतन र कामलाई विश्वास गर्ने भएकाले त्यसको उदाहरण कांग्रेससंग मात्रै भएको धारणा राख्नुभयो । 

कांग्रेसको नेतृत्वमा आएको प्रजातन्त्र, ३६ सालको जनमत संग्रह, ४६ सालको प्रजातान्त्रीक आन्दोलन तथा ६२।६३ मा जंगल पसेको माआवादी र प्रतिगम सच्चियो भनेर बसेको एमाललेलाई पनि कांग्रेसले नै शान्ति प्रक्रियमा ल्याउन सफल भएकोले जनताले कांग्रेसलाई बिजयी गराउने विश्वास व्यक्त गर्नुभयो । 

कांग्रेस अछामका उपसभापति समेत रहेका उम्मेद्धवार ढुंगानाले देशमा संबिधान सभाको चुनाव पछि ४ जना कम्नियूष्टहरुले नेतृत्व गरेपनि संबिधान दिन नसकेको भन्दै कांगैसकै नेतृत्वमा संबिधान, आर्थिक विकास भएकोले जनताले कांग्रेसलाई भोट दिने बताउनु भयो । साथै उहाँले स्थानिय स्तरमा भएका विकास, शिक्षा, स्वास्थ्य, गाविसमा जोड्ने सड्क संजाल, दलित आयोग, महिला आयोग लगायतका सबै परिर्वतन कांग्रेसका नेतृत्वमा भएको भनाई राख्नु भयो । 

एक फरक प्रसंगमा मेयर पदका उम्मेदवार ढुंगानाले भन्नुभयो सामाजिक सुरक्षा, न्याय र आर्थिक विकास पनि आफ्नो प्राथमिक्तामा रहेकाले जनताले आफुलाई बिश्वास गरेकाले जित सुनिश्चित भएको दाबी गुर्नभयो । बिगतको ईतिहासमा कांग्रेसले गरेको उपलब्धीको रक्षा गर्दै नेपालको सम्रग हितमा सबै क्षेत्रमा दृष्किोण पुर्याएर काम गरेर समृद्ध मुलुक बनाउने आधार कांग्रेसले खडा गरेको उहाँको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या