२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा १० वटै तहमा एमाले एक्लै, मंगलसेन, जयगढ र मेल्लेखमा माओवादी-कांग्रेस तालमेल

२०७४, ४ असार आईतवार १७:२६

कमल रावल | असार ४, अछाम | आगामि असार १४ गते हुने स्थानिय तहको निर्वाचनका लागि अछाम जिल्लामा राजनितिक दलले हर्ष उल्लासका साथ मनोनयन दर्ता गराएका छन । 

जिल्लाका १० वटै तहमा प्रमुख राजनितिक दल नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादि केन्द, राप्रपा नेपाल लगाएतका नेताले बाजा, गाजा, रयाली सहीत आफनो शक्ति प्रर्दशनका साथ मनोनयन दर्ता गराएका छन । 

अछाम जिल्लामा मंगलसेन नगरपालिका, जयगढी बान्नीगढी गाउपालीका र मेल्लेख गाउपालिकामा नेपाली काग्रेस र नेकपा माओवादि केन्द्र तालमेल गरेर मनोनयन दर्ता गराएका छन । मंगलसेन नगरपालिकामा काग्रेसको तर्फबाट मेयर पदमा चन्द्र प्रसाद ढुगाना, उपमेयरमा नेकपा माओवादि केन्द्रका रोहीना भण्डारीले मनोनयन दर्ता गराउनु भएको छ । नगरपालिकाका बाकी अन्य वडा तहमा पनी पुरै सहकार्य गरि मनोयन दर्ता भएको बताईएको छ । मंगलसेन नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदमा पदम बहादुर बोहरा, उपमेयरमा सरिता उपाध्यायले मनोनयन दर्ता गराउनु भएको छ । एमालले १४ वटै वडामा मेयर उपमेयर गरि ७२ जनाको मनोनयन कसैसँग सहकार्य नगरि दर्ता गराएको छ । 

जिल्लाका १० वटै स्थानिय तहमा नेकपा एमालले भने कसैसँग सहकार्य नगरि एक्लै मनोनयन दर्ता गरएको छ । मंगलसेन नगरपालिकामा राष्टिय जनर्मार्चा पार्टीले मेयरमा मनोनयन दर्ता गराएको छ । भने राष्टिय प्रजातन्त्र पार्टीले वडा नम्बर ३ र ४ मा सदस्यका लागि मनोयन दर्ता गराएको छ । अछामको साँफेबगर नगरपालिका अन्र्तरगत नेपाली कांग्रेसको तर्फबाट मेयरमा ध्वज बहादुर कुवर र उपमेयरमा रुपा आउजी, नेकपा एमालेको तर्फबाट कुल बहादुर कुवर र उपमेयरमा बिर्मला बुडथापा र माओवादी केन्द्रबाट मेयरमा खकेन्द्र ओड र उपमेयरमा बैजन्ती कुवर रहनु भएको त्यहाबाट पत्रकार एकेन्द्र महताले जानकारी गराउनु भयो । 

पन्चदेवल विनायक नगरपालिकामा पनी कांग्रेस, एमाले र माओवादिले मनोनयन दर्ता गराएका छन । कमलबजार नगरपालिकामा पनी असार १४ गतेको निर्वाचनका लागि नेपाली काग्रेसको तर्फबाट मेयरमा ओम प्रकाश बिष्ट, उपमेयर भुमिसरा बजगाई, नेकपा एमालेको तर्फबाट मेयर दिपक अधिकारी, उपमेयर मना अधिकारीले मनोनयन दर्ता गराउनु भएको छ । 

उता ढकारी गाउपालिकामा राप्रपाले अध्यक्षमा शिवराज उपाध्याय र उपाध्यक्षमा उर्मिला रिमालको मनोनयन दर्ता गराएको छ । गाउपालिकाको वडा नम्बर ६ ढुंगाचाल्नाबाट मोती सीह बुढाले ५ जनाको नेतृत्व नै स्वतन्त्र उम्मेद्धारि घोषणा गरिएको सहकर्मि टँक प्रसाद रिमालले जानकारी दिनु भयो । ढकारीमा नेपाली काग्रेसको तर्फबाट अध्यक्षमा धन बुढा, उपाध्यक्षमा लक्ष्मी साउद, नेकपा एमालेको तर्फबाट अध्यक्ष नवराज साउद, उपाध्यक्षमा हेमा शाही र नेकपा माओवादि केन्दको तर्फबाट अध्यक्षमा तुलाराम उपाध्याय, उपाध्यक्षमा उर्मिला कुमारी रिमालले मनोनयन दर्ता गराएका खबर रहेको छ । 

उता हाम्रो मेल्लेख गाउपालिका सहकर्मि गँग बहादुर खडकाले दिएको जानकारी अनुसार नेकपा एमालेले पहीले मनोनयन दर्ता गराएको छ भने काग्रेस र माओवादि केन्द्रले तालमेल गरि आफनो मनोनयन दर्ता गराएका छन । एमालेको तर्फबाट अध्यक्षमा डम्मर नेपाली, उपाध्यक्षमा समिता महर साउद र काग्रेस र माओवादिको सयुक्त रुपमा अध्यक्षमा लोक बहादुर बोहरा र उपाध्यक्षमा धन बहादुर शाहको मनोनयन दर्ता भएको छ । जिल्लाको चौरपाटी गाउपालिकामा नेकपा एमालले सुरुमै मनोनयन दर्ता गरायो भने त्यसपछी क्रमश नेपाली काग्रेस र माओवादि केन्द्रले मनोनयन दर्ता गराएको त्यहाँ खटिएका हाम्रा सहकर्मि विक्रम परियारले जानकारी दिनु भयो । 

उता पर्यटकिय क्षेत्र पर्न रामारोशन गाउपालिकामा नेपाली काग्रेस, नेकपा एमाले र नेकपा माओवादि केन्द्रले मनोयन दर्ता गराएका पत्रकार लाल बहादुर विकले जानकारी दिनु भयो । जिल्लाको जयगढ बान्नीगढी गाउपालिकामा नेकपा एमालले सुरुमै मनोनयन दर्ता गराएको हो भने सहकार्य गरेका नेपाली काग्रेस र माओवादि केन्द्रले त्यसपछी मनोनयन दर्ता गराएका सहकर्मि सुशिल भण्डारीले जानकारी दिनु भयो । एमालेको तर्फबाट अध्यक्षमा कमल तिमिल्सैना, उपाध्यक्ष निर्मला रावल र काग्रेस र माओवादिको सयुक्त सहकार्यमा अध्यक्षमा राजेन्द्र खड्का र उपाध्यक्ष लोकन्द्र साउदले मनोनयन दर्ता गराउनु भएको छ । 

उता तुर्माखाद गाउपालिकाको पुर्ण रुपमा विवरण हामिलाई प्राप्त नभएपनी मनोनयन दर्ता प्रक्रिया शान्ति पुर्ण तरिकाले सम्पन्न भएको खबर रहेको छ । आज जिल्लामा अहिले सुरक्षा व्यवस्था कडा पारिएको र जिल्लामा अहिले सम्म कुनै पनि अप्रिय घटनाहरु नभएको प्रमुख जिल्ला अधिकारी शकर विष्टले बताए । अहिले दलहरु आ आफ्नो चुनावी सभा गरीरहेका छान् । मनोनयन दर्ता शान्त वातावरणमा भएको जिल्ला निर्वाचन अधिकृत चुडाराज सापकोटाले बताए । साँफेबगर नगरपालिकामा ३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अछाममा ४ नगरपालिका र ६ गाउँपालिका मा १८५ मतदान स्थल र १ लाख २७ हजार ७ सय ४२ मतदाता छन् । साँफेबगरमा अहिले सम्म ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ