२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका १० स्थानीय तहमा को-को उम्मेदवार ?

२०७४, ५ असार सोमबार १३:३७

कमल रावल/असार ५, अछाम ।अछामका १० वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ । 

४ नगरपालिका र ६ गाउपालिका रहेको अछाममा ठुला तथा साना ७ वटा दलले उम्मेद्धारि दर्ता गराएका छन । यस्तै साँफेबगर नगरपालिकामा नेपाली काँग्रेस निकट नेपाल किसान सँघ अछामका अध्यक्ष ललित बहादुर कुँवर र कमलबजार नगरपालिकाबाट यसअघि नै स्वतन्त्र उम्मेद्धारि घोषणा गरिसकेका नेपाली काग्रेसका नेता सुरेन्द्र बिष्टले मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । 

साँफेबगर नगरपालिकामा नेपाली काग्रेसको तर्फबाट मेयरमा ध्वज बहादुर कुवर, उपमेयर रुपा आउजी, नेकपा एमालेको तर्फबाट मेयरमा कुल बहादुर कुवर, उपमेयर बिर्मला बुडथापा, नेकपा माओवादि केन्द्रको तर्फबाट मेयरमा खगेन्द्र ओड, उपमेयर बैजन्ती कुवर, राप्रपाको तर्फबाट मेयरमा राजमती कुवर र उपमेयरमा विक्रम कुवर, मंगलसेन नगरपालिकामा काग्रेसको तर्फबाट मेयर पदमा चन्द्र प्रसाद ढुगाना, उपमेयरमा नेकपा माओवादि केन्द्रका रोहीना भण्डारी रहेका छन् ।

यसैगरी एमालेको तर्फबाट मेयर पदमा पदम बहादुर बोहरा, उपमेयरमा सरिता उपाध्याय, राष्टिय जनमोर्चाको तर्फबाट पदम बोहरा, कमलबजार नगरपालिकामा नेपाली काग्रेसको तर्फबाट मेयरमा ओम प्रकाश बिष्ट, उपमेयरमा भुमिसरा बजगाई, नेकपा एमालेको तर्फबाट मेयर दिपक अधिकारी, उपमेयर मना अधिकारी नेकपा माओवादि केन्द्रबाट मेयर रण बहादुर बिष्ट, उपमेयरमा रक्षा अयडि बिष्ट, राप्रपाबाट मेयरमा डबल बिष्ट, उपमेयरमा शान्ती शाही रहेका छन् ।

नेमकिपा बाट मेयरमा जक्ति राम जैशी नयाँ शक्तिबाट धन बहादुर थापा, पन्चदेवल विनायक नगरपालिकामा काग्रेसको तर्फबाट मेयर पदमा देवराज देवकोटा, उपमेयर अम्बीका चलाउने, एमालेको तर्फबाट मेयरमा नन्द बहादुर कडायत, उपमेयरमा लक्ष्मी बोगटी, माओवादि केन्द्रका तर्फबाट मेयरमा अक्कल रावल, उपमेयरमा भावना रिमाल, राप्रपाबाट मेयरमा नेत्र बहादुर शाही, उपमेयरमा मिना कुमारी शाहीले मनोनयन दर्ता गराएका छन । 

यस्तै ढकारी गाउपालिकामा नेपाली काग्रेसको तर्फबाट अध्यक्षमा धन बुढा, उपाध्यक्षमा लक्ष्मी साउद, नेकपा एमालेको तर्फबाट अध्यक्ष नवराज साउद, उपाध्यक्षमा हेमा शाही र नेकपा माओवादि केन्दको तर्फबाट अध्यक्षमा तुलाराम उपाध्याय, उपाध्यक्षमा रत्ना कुमारी रिमाल, मेल्लेख गाउपालिका काग्रेस र माओवादिको सहकार्यमा अध्यक्षमा नेकपा माओवादि केन्द्रका लोक बहादुर बोहरा, उपाध्यक्षमा नेपाली काग्रेसका धन बहादुर शाह, एमालेको तर्फबाट अध्यक्षमा डम्मर नेपाली, उपाध्यक्षमा समिता महर साउद  चौरपाटी गाउपालिकामा नेपाली काग्रेसको तर्फबाट अध्यक्षमा भिम साउद, उपाध्यक्षमा माया कुवर, एमालेको तर्फबाट अध्यक्ष हर्क साउद, उपाध्यक्ष सुशिला बोगटी रहेका छन् ।

यस्तै नेकपा माओवादि केन्द्रको तर्फबाट अध्यक्षमा राम बहादुर थापा, उपाध्यक्षमा राधिका सुनार, रामारोशन गाउपालिकामा नेपाली काग्रेस अध्यक्षमा अनुराधा स्वार रावल, उपाध्यक्ष चन्द्र विक, नेकपा एमालेको तर्फबाट अध्यक्ष चक्र रावल, उपाध्यक्ष विन्द्रा साउद, नेकपा माओवादि केन्द्रको तर्फबाट अध्यक्ष झकर साउद भास्कर, उपाध्यक्षमा सरस्वती रावल, जयगढ बान्नीगढी गाउपालिकामा काग्रेस र माओवादिको सयुक्त सहकार्यमा अध्यक्षमा राजेन्द्र खड्का र उपाध्यक्ष लोकन्द्र साउद, एमालेको तर्फबाट अध्यक्षमा कमल तिमिल्सैना, उपाध्यक्ष निर्मला रावल तुर्माखाद गाउपालिकामा नेपाली काग्रेसको तर्फबाट अध्यक्ष पुष्प शर्मा, उपाध्यक्षमा बेलुदेवि साउद, एमालेको तर्फबाट अध्यक्ष पदम बुढा, उपाध्यक्षमा गौमती शाही, राप्रपाबाट अध्यक्ष पदम बुढा उपाध्यक्ष उषा शाहीले उम्मेद्धारि दर्ता गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ