२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकहजार ५६७ को मनोनयन, २० जना बागी

२०७४, ६ असार मंगलवार ०५:४१

असार ६, खोटाङ । स्थानीय तहको निर्वाचनका लागि खोटाङमा विभिन्न दलमा आबद्ध असन्तुष्ट नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

नगरपालिकाको प्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्यमा गरी २० जनाले उम्मेदवारी दर्ता गराएको हो । 

असार १४ गतेको स्थानीय तहको निर्वाचनका लागि एक हजार ५६७ जनाको मनोनयन दर्ता भएकामध्ये २० जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिनुभयो । स्वतन्त्र उम्मेदवार दर्ता गर्नेमा अधिकांश पार्टीबाट असन्तुष्ट बनेका नेता तथा कार्यकर्ता रहेका छन् । 

पार्टीसँग असन्तुष्ट नेता तथा कार्यकर्ताले आफ्नै अधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन् । जिल्लाको दुई नगरपालिका, आठ गाउँपालिकाको ६९ वडामा चयन हुने ४१५ जना जनप्रतिनिधिका लागि एक हजार ५६७ जनाको मनोनयन दर्ता भएको हो । 

रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा झमप्रसाद आचार्यले मनोनयन दर्ता गरेका छन् । आचार्यले नेकपा (क्रान्तिकारी माओवादी)को भ्रातृ सङ्गठन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको नामबाट प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

जिल्लाको अर्को नगरपालिका हलेसी तुवाचुङ नगरपालिकामा प्रमुखमा भोजराज बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बस्नेतले पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालकै तर्फबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । 

केपीलासगढी गाउँपालिका अध्यक्षमा हरिचन्द्र राई र दिप्रुङ गाउँपालिकाको अध्यक्षमा तीर्थ राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्षमा रुद्रप्रसाद रेग्मी र उपाध्यक्षमा सरिता राईको मनोनयन दर्ता भएको छ । 

लामीडाँडा गाउँपालिकाको उपाध्यक्षमा रमेश अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएको जनाइएको छ । यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको वडाध्यक्षमा नन्दप्रसाद घिमिरे, रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको वडाध्यक्षमा उद्धव राई, रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको अध्यक्षमा ढाकप्रसाद लुइँटेल र भीमप्रसाद लुइँटेल, रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको वडा सदस्यमा अञ्चलकुमार राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

हलेसी तुवाचुङ नगरपालिका–७ को वडाध्यक्षमा थामबहादुर राई, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको वडाध्यक्षमा राजकुमार राई र हलेसी तुवाचुङ नगरपालिका–७ को वडा सदस्यमा रमेश बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । 

स्रोतका अनुसार केपीलासगढी गाउँपालिका–१ फेदीको वडाध्यक्षमा देवान राई र केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको सदस्यमा भीमबहादुर तामाङ, साकेला गाउँपालिका–४ मात्तिमको वडाध्यक्षमा रामकृष्ण खड्का, दिप्रुङ गाउँपालिका–२ डाँडागाउँको वडाध्यक्षमा इवराज गुरुङ र जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वडाध्यक्षमा दिलबहादुर राईले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण