७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकहजार ५६७ को मनोनयन, २० जना बागी

६ असार २०७४, मंगलवार ०५:४१

असार ६, खोटाङ । स्थानीय तहको निर्वाचनका लागि खोटाङमा विभिन्न दलमा आबद्ध असन्तुष्ट नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

नगरपालिकाको प्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्यमा गरी २० जनाले उम्मेदवारी दर्ता गराएको हो । 

असार १४ गतेको स्थानीय तहको निर्वाचनका लागि एक हजार ५६७ जनाको मनोनयन दर्ता भएकामध्ये २० जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिनुभयो । स्वतन्त्र उम्मेदवार दर्ता गर्नेमा अधिकांश पार्टीबाट असन्तुष्ट बनेका नेता तथा कार्यकर्ता रहेका छन् । 

पार्टीसँग असन्तुष्ट नेता तथा कार्यकर्ताले आफ्नै अधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन् । जिल्लाको दुई नगरपालिका, आठ गाउँपालिकाको ६९ वडामा चयन हुने ४१५ जना जनप्रतिनिधिका लागि एक हजार ५६७ जनाको मनोनयन दर्ता भएको हो । 

रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा झमप्रसाद आचार्यले मनोनयन दर्ता गरेका छन् । आचार्यले नेकपा (क्रान्तिकारी माओवादी)को भ्रातृ सङ्गठन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको नामबाट प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

जिल्लाको अर्को नगरपालिका हलेसी तुवाचुङ नगरपालिकामा प्रमुखमा भोजराज बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बस्नेतले पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालकै तर्फबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । 

केपीलासगढी गाउँपालिका अध्यक्षमा हरिचन्द्र राई र दिप्रुङ गाउँपालिकाको अध्यक्षमा तीर्थ राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्षमा रुद्रप्रसाद रेग्मी र उपाध्यक्षमा सरिता राईको मनोनयन दर्ता भएको छ । 

लामीडाँडा गाउँपालिकाको उपाध्यक्षमा रमेश अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएको जनाइएको छ । यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको वडाध्यक्षमा नन्दप्रसाद घिमिरे, रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको वडाध्यक्षमा उद्धव राई, रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको अध्यक्षमा ढाकप्रसाद लुइँटेल र भीमप्रसाद लुइँटेल, रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको वडा सदस्यमा अञ्चलकुमार राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

हलेसी तुवाचुङ नगरपालिका–७ को वडाध्यक्षमा थामबहादुर राई, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको वडाध्यक्षमा राजकुमार राई र हलेसी तुवाचुङ नगरपालिका–७ को वडा सदस्यमा रमेश बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । 

स्रोतका अनुसार केपीलासगढी गाउँपालिका–१ फेदीको वडाध्यक्षमा देवान राई र केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको सदस्यमा भीमबहादुर तामाङ, साकेला गाउँपालिका–४ मात्तिमको वडाध्यक्षमा रामकृष्ण खड्का, दिप्रुङ गाउँपालिका–२ डाँडागाउँको वडाध्यक्षमा इवराज गुरुङ र जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वडाध्यक्षमा दिलबहादुर राईले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या