२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पाको एउटा गाउँपालिकामा काँग्रेस-एमालेको तालमेल

६ असार २०७४, मंगलवार ०५:४५

असार ६, रोल्पा । रोल्पाको एक गाउँपालिकामा सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बीच चुनावी तालमेल भएको छ । 

जिल्लाको माडी गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष र नेकपा (एमाले) ले उपाध्यक्ष लिने गरी तालमेल गर्ने सहमति भएको हो । सहमतिपछि असार ४ गते नै उनीहरुले अध्यक्षमा नेपाली काँग्रेसका तर्फबाट गोपाल घर्तीमगरलाई र उपाध्यक्षमा एमालेका तर्फबाट प्रेम घर्तीमगरलाई उम्मेदवारी दर्ता गराएको बताइएको छ । उनीहरुले सो गाउँपालिकाका अन्य तीनवटा वडामा समेत चुनावी तालमेल गरेका छन् । 

तालमेल जिल्लाको सापेक्षतामा स्वाभाविक भएको नेपाली काँग्रेसका सभापति अमरसिं पुनले प्रतिक्रिया दिनुभयो । स्थानीय पार्टी कार्यकर्ता र जनताले लोकतान्त्रिक शक्ति मिलेर जानुपर्ने दबाब दिएका कारण तालमेल भएको उहाँले बताउनुभयो । जिल्लाभर तालमेल गरी जाने प्रयास गरिएपनि प्राविधिक कारणले सम्भव नभएको उहाँले बताउनुभयो । 

देशका अन्य जिल्लामा नेपाली काँग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी रहेपनि रोल्पाको वस्तुस्थिति भने फरक रहेका कारण पनि दुई दलबीच तालमेल भएको उहाँले बताउनुभयो । 

एक नगरपालिकासहित दश स्थानीय तह रहेको रोल्पामा काँग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र) र अन्य साना दलसहित स्वतन्त्र उमेदवारले समेत चुनावी प्रतिस्पर्धा गर्दैछन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य