७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पाका चार पत्रकार चुनावी मैदानमा

७ असार २०७४, बुधबार ०७:४६


असार ७, रोल्पा । रोल्पामा चारजना पत्रकार आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न दलबाट प्रतिस्पर्धा गर्ने गरी चुनावी मैदानमा उत्रिएका छन् । 

पत्रकारिता छाडेर यसरी जनप्रतिनिधि हुने आकाङ्क्षा लिएका पत्रकारमा दुई महिला र दुई पुरुष रहेका छन् । यसरी प्रतिस्पर्धामा उत्रने पत्रकारमा प्रेस युनियन रोल्पाका अध्यक्षसमेत रहेकी जुनकिरी सञ्चार साप्ताहिककी प्रकाशक सम्पादक कविता उपाध्याय सुवर्णावती गाउँपालिकाको उपाध्यक्षमा प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । 

सोही गाउँपालिकाको वडाध्यक्षमा नेकपा (एमाले)का तर्फवाट उमेदवारी दर्ता गराएका अर्का पत्रकार हुनुहुन्छ, शशीराम कुवँर । लामो समय माओवादी आन्दोलनमा लागेका कुँवर केही दिनअघि नेकपा (एमाले) प्रवेशसँगै पत्रकारितासमेत छोडी वडाध्यक्षमा लड्ने हुनुभएको छ । कुँवर लामो समय स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकार हुनुहुन्थ्यो । 

जिल्लाको सुनछहरी गाउँपालिकाको वडाध्यक्षका प्रत्याशी रहेका अर्का पत्रकार हुन् अमरजित पुनमगर । सामुदायिक रेडियो जलजलाको स्थापनाकालदेखि नै कार्यरत पुनमगर नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा लड्ने हुनुभएको छ । 

नेपाल पत्रकार महासङ्घको ५ नं प्रदेश सभासद्समेत रहेका पुनमगर न्यूज २४ को जिल्ला संवाददातासमेत हुनुहुन्थ्यो । यसैगरी, पत्रकारिता त्यागेर जनप्रतिनिधि हुन चुनावी मैदानमा उत्रिएकी अर्की पत्रकार हुन् तेजकुमारी विष्ट । 

स्थानीय सञ्चारमाध्यममा काम गर्ने विष्ट नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रोल्पाको कोषाध्यक्षसमेत हुन् । विष्ट सुवर्णावती गाउँपालिकाको १ नं वडाबाट नेपाली काँग्रेसका तर्फबाट महिला सदस्यमा प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या