७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पाको थवाङमा चुनावी अभियान तीव्र

८ असार २०७४, बिहीबार ०५:४९

असार ८, रोल्पा | हरेक पटकको निर्वाचनमा विशेष चर्चाको शिखरमा रहँदै आएको रोल्पाको थवाङले यसपटक पनि धेरैको ध्यान खिच्न सफल भएको छ । 

यस पूर्व भएका निर्वाचनमा कहिले शून्य मतदान त कहिले पूर्ण मतदान गर्दै चर्चा बटुल्ने थवाङले यसपटक भने नेपाली काँग्रेससँग तालमेल गरी दिएको स्वतन्त्र उम्मेदवारीले विशेष चर्चा पाएको हो । 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रभाव क्षेत्र मानिने थवाङले यस पटकको निर्वाचनमा के गर्छ भन्ने धेरैको जिज्ञासालाई अन्तिममा आएर काँग्रेससँग तालमेल गरी जवाफ दिएको छ । 

सो गाउँपालिकामा नेपाली काँग्रेस र स्वतन्त्रको रुपमा नेकपाका साझा उम्मेदवार अमित घर्तिमगरले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा नेपाली काँग्रेसका श्रीकुमारी रोका प्रतिस्पर्धामा उत्रिएकी छिन् । 

सो गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले वीरबहादुर घर्तीलाई अध्यक्ष र रामकिरणी रोकालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । निर्वाचन नजिकिँदै गर्दा स्वतन्त्र उम्मेदवार चुनावी प्रचार प्रसारमा तीव्रताका साथ लागेको बताइन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी