४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल

काठमाडौँ | प्रमुख प्रतिपक्षी दलहरू सरकारले जनहितका मुद्दामा लापरवाही देखाएको भन्दै एकजुट हुन थालेका छन्। शुक्रबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा प्रतिपक्षी दलका शीर्ष नेताहरूले सरकारको कामकारवाहीको समीक्षा गरेका हुन्।

बैठकमा नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीसहितका दलका नेताहरू सहभागी थिए।

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतका अनुसार बैठकले सरकारले बाढी, पहिरो जस्ता विपद्‌को समयमा प्रभावकारी कदम चाल्न नसकेको र जनताको अपेक्षाअनुसार काम गर्न असफल भएको निश्कर्ष निकालेको छ।

‘जनताको चासो र सरोकारका विषयमा सरकार संवेदनशील देखिएन। जिम्मेवारीको बोध नगरेको र गम्भीरता नदेखाएकोमा सबै दल असन्तुष्ट छन्,’ नेता बस्नेतले भने।

बैठकले तत्काल सरकारलाई जनसरोकारका विषयमा ज्ञापनपत्र बुझाउने र ध्यानाकर्षण पत्रमार्फत दवाव दिने निर्णय गरेको छ। यद्यपि, सरकारको व्यवहारमा सुधार नआए विशेष अधिवेशन बोलाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि प्रतिपक्षी दलहरूले दिएका छन्।

‘यदि सरकारले जनताको माग र सरोकारमा बेवास्ता गर्न जारी राख्यो भने विशेष अधिवेशनको आह्वान गर्नेबारे पनि छलफल भएको छ,’ बस्नेतले भने।

प्रतिपक्षी दलहरूबीचको सहकार्यले सरकारलाई जनउत्तरदायी बनाउन दवाव दिने र आवश्यक परे कडा कदम उठाउने रणनीति तयार पारेको नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की