२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल

काठमाडौँ | प्रमुख प्रतिपक्षी दलहरू सरकारले जनहितका मुद्दामा लापरवाही देखाएको भन्दै एकजुट हुन थालेका छन्। शुक्रबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा प्रतिपक्षी दलका शीर्ष नेताहरूले सरकारको कामकारवाहीको समीक्षा गरेका हुन्।

बैठकमा नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीसहितका दलका नेताहरू सहभागी थिए।

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतका अनुसार बैठकले सरकारले बाढी, पहिरो जस्ता विपद्‌को समयमा प्रभावकारी कदम चाल्न नसकेको र जनताको अपेक्षाअनुसार काम गर्न असफल भएको निश्कर्ष निकालेको छ।

‘जनताको चासो र सरोकारका विषयमा सरकार संवेदनशील देखिएन। जिम्मेवारीको बोध नगरेको र गम्भीरता नदेखाएकोमा सबै दल असन्तुष्ट छन्,’ नेता बस्नेतले भने।

बैठकले तत्काल सरकारलाई जनसरोकारका विषयमा ज्ञापनपत्र बुझाउने र ध्यानाकर्षण पत्रमार्फत दवाव दिने निर्णय गरेको छ। यद्यपि, सरकारको व्यवहारमा सुधार नआए विशेष अधिवेशन बोलाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि प्रतिपक्षी दलहरूले दिएका छन्।

‘यदि सरकारले जनताको माग र सरोकारमा बेवास्ता गर्न जारी राख्यो भने विशेष अधिवेशनको आह्वान गर्नेबारे पनि छलफल भएको छ,’ बस्नेतले भने।

प्रतिपक्षी दलहरूबीचको सहकार्यले सरकारलाई जनउत्तरदायी बनाउन दवाव दिने र आवश्यक परे कडा कदम उठाउने रणनीति तयार पारेको नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प