२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस-एमाले सरकारको ९८ औं दिन: मुख्य दोषी जिवि राई अझै पक्राउ परेनन्

२०८१, ३ कार्तिक शनिबार ०८:२१

काठमाडौँ । सनिबारसम्म सरकार गठन भएको ९८ औं दिन पुगेको छ । गत असार ३० गते प्रमुख दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएका थिए ।

त्यस अघि एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी सहितको संयुक्त सरकारले ४ महिना सरकार चलाएको थियो । तात्कालिन समयमा नेपाली कांग्रेस तथा नेकपा एमालेले सहकारी ठगि प्रकरणका मुख्य दोषी जिबि राई पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गर्ने गरेका थिए । तर बर्तमान समयमा एमाले/कांग्रेस आफैले संयुक्त सरकार संचालन गरिरहँदा अझै जीवी राईको अत्तोपत्तो छैन ।

दुई तिहाईकै बलियो सरकार रहेको अवस्थामा एमाले-कांग्रेस संयुक्त सरकार धेरै पक्षमा आलोचित बन्दै गएको छ । पछिल्लो समय एमाले आफै भाटभटेनीका संचालकले पार्टी कार्यालय बनाउन करोडौंको जग्गा दान दिएको प्रकरणमा आलोचित बनिरहेको छ । त्यसो त एमाले-कांग्रेसबाट मन्त्रीमा नियुक्त भएकाहरुले समेत जनमुखी काम गर्न नसकेको सम्बन्धमा सरकार पक्षमै आलोचना छ ।

शुक्रबार सरकारले सहकारी ठगि प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । लामिछाने संसदीय छानबीन समितिबाटै सहकारी ठगि प्रकरणमा जोडिएको नदेखिएको भन्दै क्लिन चिट पाईसकेका व्यक्ति हुन् । संसदीय छानबीन समितिको प्रतिवेदन अनुसार सहकारी ठगिमा लामिछाने असम्बन्धित व्यक्ति हुन् । लामिछानेले जीबी राई मार्फत गोर्खा मिडियामा आएको रकम चलाएको बताइएको छ । तर कांग्रेस एमाले पक्षको राजनीतिक दाउपेचको इगोको कारण एकोहोरो रटानमा सहकारीको मुख्य ठग जीबी राई नभएर रवि लामिछाने हुन् जस्तै बनाई प्रचारबाजी गर्दै आएका छन् ।

पछिल्लो पटक जिबी राईका साढु दाई र आफ्नै दाईलाई समेत पक्राउ पुर्जी जारी गरेको अवस्थामा यस प्रकरणका मुख्य दोषी जिवि राई पक्राउमा सरकार मौन छ ।

सरकारको गृहमन्त्रीमा रवि लामिछाने हुँदाका बखत पटक-पटक नेपाली कांग्रेसका नेता गगन थापाले जीबी राई पक्राउ नपरेको भन्दै संसदबाटै सरकारको चर्को आलोचना गर्ने गरेका थिए तर अहिले आफ्नै पार्टी सहितको सरकार बनेको तीन महिना बढी भई सक्दा समेत गगन आफै मौन छन् । अहिले न संसदमा न मिडियामा गगनलाई जीबी राई पक्राउको विषय चासोको विषयमा छैन । बरु भित्र भित्रै गगनकै योजनामा रवि पक्राउ नगरिए सरकार ढाल्ने चेतावनी पाएर सरकारले रवि लामिछाने पक्राउ गरेको आरोप छ ।

त्यसो त राजनीतिक वृतमा चर्चा भए अनुसार राजनीतिक इगो साध्न कांग्रेस-एमाले संयुक्त सरकारले जिबि राई पक्राउ गर्न चासो नदिई रवि लामिछाने सिध्याउने दाऊमा लागेको आरोप छ । त्यसो त भाटभटेनी मार्फत जग्गा दान पाएको एमालेले आफू बिरुद्ध भईरहेको आलोचनालाई डाइभर्ट गर्न लामिछाने पक्राउ गरेको बुझिएको छ । अर्को तर्फ कांग्रेसको सहकार्यमा सरकार बनेको अवस्थामा कांग्रेसका केहि नेताहरुले रवि लामिछाने पक्राउ नगरिए सरकारलाई दिएको समर्थनबाट पछि हट्नेसम्मको धम्कि दिएको कारण प्रधानमन्त्री ओलीले बाध्य भएर रवि लामिछाने पक्राउ गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन