कमल रावल/असार ९, अछाम । नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष भिम रावलले नेपाली कांग्रेस, माओवादी केन्द्र र केही मधेसी दलका नेताहरु मिली देशलाई टुक्राउने दाउमा लाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/असार ९, अछाम । नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष भिम रावलले नेपाली कांग्रेस, माओवादी केन्द्र र केही मधेसी दलका नेताहरु मिली देशलाई टुक्राउने दाउमा लाग"/>
२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कांग्रेस-माओवादी गठबन्धन देश टुक्राउने खेल: रावल

२०७४, ९ असार शुक्रबार १३:१६

कमल रावल/असार ९, अछाम । नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष भिम रावलले नेपाली कांग्रेस, माओवादी केन्द्र र केही मधेसी दलका नेताहरु मिली देशलाई टुक्राउने दाउमा लागेका आरोप लगाउनु भएको छ । 

प्रधानमन्त्रि शेर बहादुर देउवा मधेसी दलका नेता राम जनम चौधरीसंग गरेको कैलाली कञ्चनपुरलाई प्रदेश नं. ७ बाट टुक्राउने सहमती प्रति घोर आपत्ती जनाउनु भएको छ । पूर्व उपप्रधान तथा रक्षा मन्त्रि समेत रहनु भएका रावलले नेपालमा रहेका दर्जनौ उद्योग तथा कलकारखानाहरु कांग्रेसले बेचेर खाएको र अहिले नेपाली युवाहरु विभिन्न खाडी मुलुकमा गएर ४५/५० डिग्रीको तापक्रममा काम गर्न बाध्य रहेको र एमालेले नेपाली युवाहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न विभिन्न कलकारखानाहरुको स्थापना गर्न पहल गरिरहेको पनि बताउनु भएको छ । 

साँफेबगर नगरपालिका वडा ८ बयलपाटाको चुनावी सभालाई सम्बोधन गर्दै नेता रावलले नेकपा एमाले नेतृत्वको सरकार भएको बेला चिन संगका नाकाहरु खोल्ने र पारबहान सम्झौता गरेको र देश टुक्रिन नदिन, देशको स्वाभिमान बचाउने पार्टी नेकपा एमाले मात्र रहेको र अब जनताहरुले पनि ऐक्यबद्धता तरिकाले नेकपा एमालेलाई भोट दिई विजय गराउन आग्रह गर्नु भयो । एक फरक प्रसंगमा नेता रावलले देशमा शान्ति खलबल्याउने स्थिती नल्याउन र टीकापुर जस्ता घटना दोहोर्याउन तर्फ अहिलेको सरकार लागेको आरोप लगाउनु भयो । 

कांग्रेस, माओवादी लगाएतका दलहरु अहिले सम्पूर्ण नेपाली जनताहरु नेकपा एमालेको पक्षमा भएकाले अताल्लिएका र भरतपुरमा अहिलेको गठबन्धन सरकारका कार्यकर्ताले जनताले दिएको मतपत्र च्यातेको र यसरी जनताको मतलाई पनि कदर गर्न नसक्ने पार्टीहरुले देशको भलो गर्न नसक्ने जिगिर गर्नु भयो । माओवादी अध्यक्ष प्रचण्डको सरकार र कांग्रेस सभापति देउवा नेतृत्वको सरकारले बैशाख मै हुनु पर्ने स्थानीय तहको निर्वाचन सार्दा सार्दा अहिले देशका अधिकांश जिल्लामा रोपाई गर्ने बेला सारेर गलत  र किसानको हित विपरित गरेको आरोप लगाउनु भयो । 

चुनावी सभामा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश नं. ७ संगठन कमिटी सदस्य शेर बहादुर कुवर, प्रदेश संगठन कमिटी सदस्य तथा साँफेबगर नगरपालिका मेयर पदका उम्मेदवार कुल बहादुर कुवर, प्रदेश अनुसन्धान विभाग सदस्य गोविन्द कुवर, जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश शाह, सिलोज कुवर, जिल्ला कमिटी सदस्य तथा साँफेबगर नगरपालिका उपमेयर पदका उम्मेदवार विर्मला बुडथापा, बालगिरी कुवर, शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष तिलक कुवर लगाएत पार्टीका विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । निर्वाचन हुनञ्जेल सम्म उपाध्यक्ष रावलले जिल्लाका थुप्रै कार्यक्रमलाई सम्बोधन गर्नेछन । 

साथै मेयरपदका उम्मेद्धार कुल बहादुर कुवर लगाएतको नेतृत्वमा गएको टोलिले वडा नम्बर १० को रिडिकोट र सिद्धेश्वरमा घरदैलो कार्यक्रम गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ