२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछाने पक्राउविरुद्ध काठमाडौंमा रोचक नारा (फोटो फिचर)

२०८१, ३ कार्तिक शनिबार २३:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको विरोधमा काठमाडौंमा पनि प्रदर्शन गरिएको छ । उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले लामिछानेको गिरफ्तारी भएको भन्दै उनका समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रयोग भएका नाराहरु भने पोखरा र काठमाडौंमा केही भिन्न देखिएको थियो ।

पोखरामा कांग्रेस नेता धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेलको फोटोसहित प्रदर्शन गरिएपनि काठमाडौमा त्यस्तो दृश्य देखिएको थिएन ।

काठमाडौमा भएको प्रदर्शनमा ‘लोकतन्त्रमा अन्यायलाई ठाँउ छैन्’,‘अन्याय सहेर जनता चुप बस्दैनौ’, ‘सहकारी पीडितलाई न्याय दे’,‘भ्रष्ट सरकार ओई ओई, ८७ खर्ब खोई खोई’,‘सक्दैनौ सक्दै त सक्दैनौ’,‘यो राजनीतिक प्रतिशोध बन्द गर’, ‘दुई तिहाई पाराले दुःख पायो साराले’, ‘भाट भुटानी सरकार मुर्दावाद’,‘सरकार मर्यो, जनतालाई जुठो पर्यो’,‘कसैको राजनीति बचाउन, जनताको राजनीति सकाउन पाइदैँन्’, ‘दोषिलाई च्याप्ने, निर्दोषलाई न्याक्ने’लगायतका रोचक लाग्ने नाराहरु लेखिएका प्लेकार्ड र नारा लगाएका थिए । रास्वपा नेता शिशिर खनाललगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने शुक्रबार साँझ पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन