२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश

२०८१, ३ कार्तिक शनिबार २३:१८

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ विरुद्ध पोखरामा शक्ति प्रदर्शन गरिएको छ । शनिबार कार्यकर्ता एवम समर्थकहरुले पोखराको मानवअधिकार चोकमा पक्राउको विरोध गरिएको हो ।

केन्द्रीयस्तरका नेतादेखि जिल्ला–जिल्लाबाट कार्यकर्ता उतारेर रास्वपाले पोखरामा शक्ति प्रदर्शन गरेको हो । विरोध प्रदर्शपछिको कोणसभामा पार्टी उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याल, कार्यवहाक प्रवक्ता मनिष झा, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरु तोसिमा कार्की, हरि ढकाल, नेता रमेश प्रसाईं, गण्डकी प्रदेश सभापति राजन गौतमलगायतले सम्बोधन गरे ।

कार्यक्रममा रास्वपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस महामन्त्री गगन थापाविरुद्ध कडा आरोप लगाएका थिए । प्रदर्शनकारीहरुले ‘दलाल माफियाहरु होसियार’, ‘भ्याट छल्नेहरुलाई कारबाही गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘भ्रष्टहरूलाई कारबाही गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘केपी ओली मुर्दावाद’, ‘रवि दाइ हाइ हाइ’ जस्ता नारा लगाएका थिए ।

प्रदर्शनका क्रममा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलको तस्बिर प्रदर्शनकारीले ‘वास्तविक ठग’ भन्दै प्लेकार्ड देखाएका थिए ।

शुक्रबार काठमाडौँबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेर सडकमार्ग हुँदै शनिबार बिहान कास्की ल्याइएको थियो। रविको पछिपछि केही केन्द्रीय नेता पोखरा पुगेका हुन् । शनिबार पनि केही नेताहरु र समर्थक पोखरामा जम्मा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा