प्रेम सुनार/असार १०, गुल्मी । पुर्व उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले सरकार देखि स्थानिय तह सम्म देशको समग्र विकास र परिवर्तनका ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/असार १०, गुल्मी । पुर्व उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले सरकार देखि स्थानिय तह सम्म देशको समग्र विकास र परिवर्तनका ला"/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परिवर्तनका लागि कांग्रेस-माओवादीविच सहकार्य: रायमाझी

२०७४, १० असार शनिबार ०२:१६

प्रेम सुनार/असार १०, गुल्मी । पुर्व उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले सरकार देखि स्थानिय तह सम्म देशको समग्र विकास र परिवर्तनका लागि माओवादी केन्द्रले नेपाली कांग्रेस संग सहकार्य गरिएको बताएका छन् ।

 गुल्मीको छत्रकोट र  रुरु गाउँपालिकामा नेपाली कांग्रेस माओवादी केन्द्रको संयुक्त चुनावी आम सभालाई सम्वोधन गर्दै नेता रायमाझीले यस्तो वताएका हुन् ।  रुरु गाउँपालिका र छत्रकोट गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र विच मात्रै चुनावी तालमेल भएको होईन नेता रायमाझीले भने शान्ति प्रकृयाको १२ बुँदे सहमति , १९ दिने जनआन्दोलन , संविधान निर्मार्ण र कार्यन्यन गर्न ,नेपाली कांग्रेस संग सहकार्य हुँदै आएको हौं ।  

उनले नेकपा एमाले संग पनि सहकार्य गर्न खोजिएकै हो तर उ हामी संग भन्दा पुर्व राजा ज्ञानेन्द्र र राजावादीहरु संग साँठ गरे पछि कुरा गम्भीर हुन सक्ने लागेर देश विकास र परिवर्तनका लागि कांग्रेस र माओवादी विच सहकार्य गरिएको हो ।

एमाले फिते र तमसुके

उनले नेकपा एमालेको राष्ट्रवाद मंण्डले राष्ट्रवाद भएको आरोप समेत लगाए  ।  उनले एमाले नेताहरुलाई  गफाडी ,  फिते  र तमसुकेहरुको संज्ञा दिए ।  उनले भने–‘उहाँहरु चुनावताका गाउँमा मोटरबाट र खानेपानीका पाईपहरु फिता लिएर नाप्दै हिड्ने र रातमा जनताको घरै दलैमा वसेर  यस्तो गर्दिन्छौ उस्तो गर्दिन्छौ भन्दै तमसुक गर्ने तर चुनाव पछाडी भने फर्केर आउँदैनन्,  त्यस्ता फिते र तमसुकेहरुलाई अब जनताले चिन्नै पर्दछ ।’

‘१९ दिने जन आन्दोलनमा हामी कांग्रेस एमाले सवै संग सहकार्य गरेर गणतन्त्र स्थापना गरेका थियौं ,  यसर्थ  संविधान  र स्थानिय तह कार्यन्वयनका लागि हुन त  हामीले एमाले संग पनि सहकार्य गरौं भनेका थियौं, तर हामीले राजावादीहरुका पछाडी लाग्न थाले पछि कांग्रेस संग मात्रै सहकार्य गरेका हौं । ’ –

उनले   यस अर्थिक वषमा गुल्मीका ४ अरव रुपैया विनियोजन गरिएको बताउँदै  विकासका लागि सवै संग सहकार्य हुनु पर्नेमा जोड दिए ।

 गणतन्त्र माओवादीले नै ल्याएको होः कांग्रेस नेता चन्द्र भण्डारी  

दुई वटै गाउँपालिकाको  संयुक्त चुनावी सभामा माओवादी नेता रायमाझी  संगै सम्वोधन गर्न आएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले माओवादीकै  जनयुद्धका कारण देशमा गणतन्त्र आएको बताएका छन् ।

२००७ सालमा कांग्रेसले क्रान्ति गरेको ईतिहाँस छ  , २०३६ , २०४६ र २०६२ ÷०६३ मा पनि कांग्रेसले १९ दिने जन आन्दोलनको नेतृत्व गरेको ईतिहाँस छ , माओवादीले पनि १० वर्षे सशस्त्र युद्ध गरेको ईतिहाँस छ नेता भण्डारीले भने एमालेको कुनै ईतिहाँस छ ?

‘तर  एमालेले माओवादीले १० वर्षे जनयुद्ध गरेर ल्याएको यो परिवर्तन हो भनेर समेत स्वीकार्न सक्दैन उनले मञ्चमा आसिन माओवादी नेता रायमाझी तर्फ फर्किदै भने ‘टोपबहादुर जि, हामी स्वीकार गर्दछौं र एमालेले पनि स्वीकार गर्नै पर्दछ गणतन्त्र माओवादी जनयुद्धले नै ल्याएको हो । ’‘एमालेलाई बृद्ध भत्ता वाहुनको कुश नै भयो ’

एमालेले बृद्ध भत्ता भन्दा अरु केहि गर्न नसकेरै होला खाली बृद्ध भृद्ध भत्ता–भत्ता भन्दै हिडेको र एमालेले नजिते  कांग्रेस माओवादीले नदिने भन्दै भ्रम छरेको भन्दै नेता भणडारी  कडा रुपमा प्रस्तुत भए । उनले भने नेपालमा बृद्ध भत्ताको परिकल्पना त  कांग्रेस नेता कृष्ण प्रसाद भट्टराईको हो ।  ‘त्यही परिकल्पना मनमोहन अधिकारी प्रधानमन्त्री  हुँदा लागु गरिएको हो ’–

  उनले भने–‘एमालेले  सय रुपैयाँ बनाएको बृद्ध भत्ता कांग्रेसले एक पटक ५ सय र दोश्रो पटक कांग्रेस माओवादी सरकारमा छँदा एक हजार बृद्धि गरेको र तेश्रोबाट माओवादीका नेता अर्थमन्त्री छँदा मासिक २ हजार बृद्धि गरेको हो ।

 उनले व्याङ्ग गर्दै भने–‘पुजा मण्डममा वस्दा जसरी वाहुले यहाँ पनि कुश उहाँ पनि कुश  र जति वेला पनि कुश..कुश..कुश … भनिरहन्छन्  त्यस्तै एमालेको पनि चाल त्यस्तै छ खाली बृद्ध भत्ता .. बृद्ध भत्ता मात्रै  गरिरहन्छ  । )

 माओवादी युद्धमा गए पछि र शान्ति प्रकृयामा आए पछि मात्र एमाले साईजमा आएको र शान्तिपुर्ण रुपमा  सवैले राजनीति गर्न पाईएको  प्रशंग निकाल्दै उनले हिजो एमालेको  पकड रहेको रुरु  र छत्रकोट  गाउँपालिका अन्तर्गतका साविकका गाविमा उसले भोट हाल्न पाउने अधिकारबाट समेत कांग्रेजजनलाई बञ्चित गर्ने गरको कार्याकर्ताहरुलाई स्मरण गराउँदै अव डटेर भोट हाल्न र राजनैतिक गतिविधी गर्न निर्देशन दिए ।

उनले  एमालेका लागि माओवादी कहिले अवसरा र कहिले विखण्डकारी र राष्ट्रघाति हुने गरेको  टिप्पणी गरे । शान्ति सम्झौता गर्दा , माधव नेपाल झलनाथ खनाल र केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा माओवादी ठिक ,  जव कांग्रेस संग सहकार्य गर्छ तव उ बेठिक र राष्ट्रघाती र विखण्डनकारी हुने , यो कस्तो अचम्व हो ? उनले प्रतिप्रश्न गरे ।  अझ अवसरा नै  अरु बेला चाँही उ , बिखण्डकारी  र राष्ट्रघाती हुने ? भनेर प्रतिप्रश्न गरे ।

  उनले नेपालमा खास कम्युनिष्टको झण्डा माओवादी संग मात्रै भएको र एमालेले आफ्नो झण्डा गुमाएको बताए । भने–‘ उसको झण्डा त माओवादीले आफ्नो चुनाव चिन्ह बनाएर लगी सक्यो , खोसी सक्यो आफ्नो झण्डा समेत जोगाउन नसक्ने एमालेले कांग्रेस माओवादीलाई चुनाप पछि खोज्नु पर्दछ भन्ने केपी ओलीलाई मैले यहि भनेर जवाफ दिई सकेको बताए ।

 छत्रकोट गाउँपालिकामा कांग्रेस माओवादी केन्द्रको तर्फबाट  गाउँप्रमुखका उमेदवार अनन्तराम पौड्याल र उपप्रमुखमा रामप्रसाद पाण्डे  एमालेका मधुकृष्ण पन्तको प्यानल संग चुनावी मैदानमा छन् ।  

चुनावी सभामा एमाले विरुद्ध आज दिगाम, हर्दिनेटा र रिडी बजारमा रुरु गाउँपालिकाको चुनावी सभामा कांग्रेस माओवादी केन्द्रले ठुलै शक्ति प्रदर्शन गरेको थियो ।  रुरु गाउँपालिकामा कांग्रेस माओवादीको संयुक्त प्यानलबाट जिल्लाका सवै भन्दा कान्छा उमेदवार यदु ज्ञवाली प्रमुख र देवेन्द्र मल्ल उप प्रमुख उमेदवार रहेका छन् । एमालेको तर्फबाट  निलकण्ठ गौतम प्रमुख पदका उमेदवार छन् । यि दुवै गाउँपालिकामा एमाले र कांग्रेस माआवादी  गठबन्धन विच कडा टक्कर हुने देखिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी