९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी

४ कार्तिक २०८१, आईतवार १२:४२

पोखरा | रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) सभापति रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। प्रदर्शनका कारण शान्ति सुरक्षामा समस्या उत्पन्न हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय, कास्कीले निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार, निषेधाज्ञा शहिदचोक आसपासका क्षेत्रमा लागू गरिएको छ। यो क्षेत्र पूर्वतर्फ वाई चोक (उत्तरपूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरमा मालपोत कार्यालय कास्की, र दक्षिणमा मुस्ताङ चोक (दक्षिणपश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाइड) सम्म फैलिएको छ।

यस्तै, गैह्रापाट र त्यस आसपासका क्षेत्रमा पनि पालिखेचोकदेखि नवीन मावि जाने सडक क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।

प्रदर्शनले थप उग्र रूप नलिओस् र जनधनको क्षति रोक्न सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। प्रशासनले सर्वसाधारणलाई निषेधाज्ञा लागू गरिएको क्षेत्रमा भीडभाड नगर्न आग्रह गरेको छ। विरोध र झडप रोक्न प्रशासन कडा रूपमा प्रस्तुत हुने जनाएको छ।

पोखरामा जारी यस स्थितिले लामिछाने समर्थकहरूको विरोध अझै बढ्न सक्ने अनुमान गरिएको छ। प्रशासनले परिस्थिति अनुसार निषेधाज्ञाको समयावधि तोक्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता