२३ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने

४ कार्तिक २०८१, आईतवार १३:५४

पोखरा | सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री र गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको छ। उनलाई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सम्बन्धित सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि अदालतमा लिइएको हो।

रवि लामिछानेलाई शुक्रबार काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो। पक्राउको केही घण्टामै उनलाई राति पोखरा ल्याइयो र स्वास्थ्य परीक्षणको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। शनिबार सार्वजनिक बिदा भएकोले आज अदालतमा उपस्थित गराइएको छ।

अदालत बाहिर लामिछानेका समर्थक र सहकारी पीडित पक्षले आ–आफ्नो पक्षमा नाराबाजी गरिरहेका छन्। रवि लामिछानेका समर्थकहरूले सहिद चोकमा प्रदर्शन गर्ने तयारी गरेका थिए भने सहकारी पीडित पक्ष राष्ट्र बैंक चोकमा प्रदर्शन गर्न लागेका थिए। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि समर्थक र प्रहरी बीच धकेलाधकेलको अवस्था पनि उत्पन्न भएको थियो।

रविको पक्षमा बहस गर्नका लागि अदालतमा वरिष्ठ अधिवक्ताद्वय सुशील पन्त र नारायण घिमिरेसहित सात जना कानुन व्यवसायी उपस्थित छन्। यज्ञमणि न्यौपाने, हेमराज पोखरेल उपाध्याय, कमल पोखरेल, डा. नारायणदत्त कँडेल, र लेखनाथ सापकोटा जस्ता अधिवक्ताहरू पनि रविको पक्षमा बहस गर्दैछन्।

अदालतको सुनुवाइ प्रक्रिया अघि बढ्दै गर्दा लामिछानेलाई रिहा गर्नुपर्ने वा निरन्तर थुनामा राख्ने निर्णय गरिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल युक्रेन वार्ता अन्योलमा गैरीगाउँको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ नेप्से परिसूचक नौ अङ्कले बढ्यो श्रीलङ्कामा विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस जापानमा ६.४ म्याग्निच्युडको भूकम्प सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार