७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवार भोट माग्न किसानको खेतमै पुगे

१० असार २०७४, शनिबार ०८:०२


असार १०, डडेल्धुरा । स्थानिय तहको  निर्वाचनको मिति नजिकिदै जादा दलहरुलाई घरदैलो अभियनमा भ्याई नभ्याई भएको छ । भने अर्कोतिर किसानहरुलाई  रोपाइको चटारो बढी रहेको छ ।

असार सूरु भएसंगै डडेल्धुराका अधिकाँस क्षेत्रमा किसानहरुलाई धान रोप्ने चटारो भएको छ । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा असार महिनालाई लिने भएकाले किसानहरुलाई यतिबेला धान रोप्न भ्याईनभ्याई भएको हो ।

किसानहरुले जेठको अन्तिम साताबाट छिटपुट रुपमा रोपाई सूरु गरेपनि असार महिनामा अत्याधिक वर्षा हुने र रोपाइ गर्न पनि किसानहरुलाई सहज हुने भएपछि धान रोप्ने मुख्य सिजन ठानेका छन् । अहिले जिल्लाभरिका खेतीयोग्य जमिनमा धान रोप्नका लागि कोही आकासे पानीको भरमा छन् भने कोही खोलानाला नजिक रहेका खेतबारीमा धान रोप्नका लागि खेतमै खाना खाई  दिनरात काम गरिरहेका छन् ।

 तर एकातिर दुई दशक पछि हुन लागेको स्थानीय तह निर्वाचनको मिति नजिकिए सगै  दल हरुले घरदैलो अभियान  गर्दा मतदाताहरुलाई घरमा नभेटे पछि  खेतमै गएर भोट माग्दैै आफ्ना एजेन्डाहरु मतदाता समक्ष राखिरहेका छन् । आफ्नो हक हितमा जसले काम गर्छ खानेपानी सिंचाईका योजना जसले ल्याउएको छ त्यस उम्मदेवारलाई आफुले भोट दिने एक महिला किसान मनिषा पन्तको भनाई छ ।

जिल्लाका किसानहरु असार महिनाभरि रोपाई गर्न व्यस्त हुने भएपनि बिकाश गर्ने नेता आफनो गाउँको उम्मेदवार बनेकोले चुनावमा भने भोट हाल्न नछोड्ने अर्का किसान रेवती खडायतले बताउनु भयो ।

जिल्ला कृषि विकास कार्यालय डडेल्धुराको तथ्याकं अनुसार डडेल्धुराको कुल जनसंख्याको ९० प्रतिशत बढी जनसंख्या कृर्षिमा आश्रित छन् । डडेल्धुरामा ६ हजार हेक्टर क्षेत्रफल  जमिनमा धान खेति गरिन्छ । 

यस बर्ष जेठ महिना बाट  मनसुन सुरु भएको हुदा जिल्लामा अहिले  सम्म १२ सय हेक्टर क्षेत्रफल  जमिनमा किसानहरुले रोपाई गरिसकेको भएपनि चुनावको चटारोका कारण केहि ठाँउको रोपाईमा समस्या भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका कृषि प्रसार अधिकृत टेक बहादुर बिष्टले बताउनुभयो ।

डडेल्धुरामा खेतीयोग्य जमिन ३० प्रतिशत मात्रै छ । जसमध्ये ७ प्रतिशत जमिन सिचाई अभावमा बाँझै छन । खेतीयोग्य जमिनको १५ प्रतिशत क्षेत्रमा मात्रै बाह्रै महिना सिँचाई हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी