प्रेम सुनार/असार १०, गुल्मी । चुनावी दौडाहमा अर्घाखाँचीको चिदीका हुँदै गुल्मीको मानकोटमा पहिलो पटक आएका माओवादी केन्द्रका नेता तथा पुर्व उपप्रधानमन्त्री टोपबहादु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/असार १०, गुल्मी । चुनावी दौडाहमा अर्घाखाँचीको चिदीका हुँदै गुल्मीको मानकोटमा पहिलो पटक आएका माओवादी केन्द्रका नेता तथा पुर्व उपप्रधानमन्त्री टोपबहादु"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसद्वारा माओवादी नेता रायमाझीको जयजयकार

१० असार २०७४, शनिबार ०८:५४

प्रेम सुनार/असार १०, गुल्मी । चुनावी दौडाहमा अर्घाखाँचीको चिदीका हुँदै गुल्मीको मानकोटमा पहिलो पटक आएका माओवादी केन्द्रका नेता तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई हर्दिनेटाका कांग्रेसजनले जयजयकार गरेका छन् ।

मानकोटमा नेकपा माओवादी केन्द्रको चुनावी सभालाई सम्वोधन गर्दै कांग्रेस र माओवादी केन्द्रको संयुक्त चुनावी सभालाई दिगाममा सम्वोधन गर्न हिडेका नेता रायमाझीलाई फोनमा सहयोगी मार्फत बाटैमा रोक्न लगाएर कांग्रेसजनले चारतारे झण्डाले नेता रायमाझीलाई स्वागत गर्दै जयजयकार गरेका हुन् ।

एक जना बृद्ध व्राम्हणले प्रवचन वाचन गर्दै नेता रायमाझीलाई आशिर्वाद दिएका थिए भने अन्य कांग्रेसजनले अविर र फुलमालाले सम्मान गरेका थिए ।

२० वर्ष सम्म एमालेले त्यस हर्दिनेटामा शासन गर्दा कांग्रेसजनलाई उत्पीडनमा राखेको  आरोप लगाउँदै त्यहाँका कांग्रेजनले गुनासो गरेका थिए ।

छत्रकोट गाउँपालिकामा अहिले कांग्रेस माओवादी केन्द्र विच चुनावी तालमेल भए पछि जुर्माराएका कांग्रेसनले माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी झै विकासे नेता हुनु पर्नेमा जोड दिए । 

नेता रायमाझीले त्यहाँबाट दिगामको संयुक्त सभालाई सम्वोधन गर्दै  आफु मात्र विकासे नेता नभएर नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी पनि विकासे नेता भएको र उहाँलाई पनि विकासे नेता नै भन्न  सवै संग आग्रह गरेका  थिए ।

उता रुरु गाउँपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रको तालमेल पछि त्यहाँका कांग्रेसजन पनि जुर्मुराएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट