२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन

२०८१, ५ कार्तिक सोमबार १४:४९

काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी फुटाउने कोशिस नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।

सोमबार पार्टीको लुम्बिनी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टी फुटाउन सरकारले अध्यादेश ल्याउन लागेको र अध्यादेश ल्याएमा त्यसको परिणाम राम्रो नहुने पनि उनले चेतावनी दिएका छन् ।

‘आज के सूचना आएको छ भने यो सरकारले अध्यादेश ल्याउन खोज्दै छ रे ! म भन्छु खबरदार ! अरू पार्टीलाई टुक्‌र्याउने दुस्साहस यो सरकारले गर्छ भने त्यसको परिणाम नराम्रो हुनेछ,’ उनले भने, ‘त्यसको परिणाम सरकारले भोग्नुपर्ने हुन्छ । ख्याल होस् अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर जान्छन् । संसारको इतिहासले बताएको छ । संसारले समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो । त्यसैले हिटलरी शैलीलाई परित्याग गर्नुस् ।’

नेता नेपालले अहिले पनि देशका विभिन्न स्थानमा आफ्नो पार्टीमा प्रवेश गरिरहेकाले निराश नहुन कार्यकर्तालाई आग्रह गरेका थिए ।

‘अन्य प्रदेशमा एमाले, माओवादी, जसपा, राप्रपा छाडेर नेकपा एसमा आउनेक्रम छ, अब यहाँ पनि त्यो अभियानमा लाग्नुस्, लुम्बिनीमा किन कमजोर छ भनेर आत्मसमीक्षा गर्नुहोस्, यति धेरै संख्यामा केन्द्रका नेताहरू हुनुहुन्छ’, उनले भने ।

एकीकृत समाजवादी टुक्राउन सरकारले आज अध्यादेश ल्याउने चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ । साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले एकीकृत समाजवादी लगायतका दल टुक्राउन सहज हुनेगरी अध्यादेश ल्याउने तयारी गरेको छ ।

पछिल्लो समय एकीकृत समाजवादीमा आधा दर्जन सांसद असन्तुष्ट बनेका छन् । उनीहरु एमालेमा फर्किनेगरि तयारीमा छन् । असन्तुष्ट सांसदहरुको नेतृत्व प्रेम आलेले गरेको चर्चा छ । उनलाई बारा–४ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले पनि साथ दिएका छन् ।

आले र श्रेष्ठ नै पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर सम्वादमा छन् । उनीहरुको आग्रहमा नै प्रधानमन्त्री ओलीले आजरभोलिभित्रै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनेगरि गृहकार्य थालेका छन् ।

कतिपयले आजै बस्ने मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश आउने अड्कलबाजी गरेका छन् । यसको लागि प्रधानमन्त्री ओलीले हिजो (आइतबार) नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहमति लिएको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना