२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन

५ कार्तिक २०८१, सोमबार १४:४९

काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी फुटाउने कोशिस नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।

सोमबार पार्टीको लुम्बिनी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टी फुटाउन सरकारले अध्यादेश ल्याउन लागेको र अध्यादेश ल्याएमा त्यसको परिणाम राम्रो नहुने पनि उनले चेतावनी दिएका छन् ।

‘आज के सूचना आएको छ भने यो सरकारले अध्यादेश ल्याउन खोज्दै छ रे ! म भन्छु खबरदार ! अरू पार्टीलाई टुक्‌र्याउने दुस्साहस यो सरकारले गर्छ भने त्यसको परिणाम नराम्रो हुनेछ,’ उनले भने, ‘त्यसको परिणाम सरकारले भोग्नुपर्ने हुन्छ । ख्याल होस् अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर जान्छन् । संसारको इतिहासले बताएको छ । संसारले समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो । त्यसैले हिटलरी शैलीलाई परित्याग गर्नुस् ।’

नेता नेपालले अहिले पनि देशका विभिन्न स्थानमा आफ्नो पार्टीमा प्रवेश गरिरहेकाले निराश नहुन कार्यकर्तालाई आग्रह गरेका थिए ।

‘अन्य प्रदेशमा एमाले, माओवादी, जसपा, राप्रपा छाडेर नेकपा एसमा आउनेक्रम छ, अब यहाँ पनि त्यो अभियानमा लाग्नुस्, लुम्बिनीमा किन कमजोर छ भनेर आत्मसमीक्षा गर्नुहोस्, यति धेरै संख्यामा केन्द्रका नेताहरू हुनुहुन्छ’, उनले भने ।

एकीकृत समाजवादी टुक्राउन सरकारले आज अध्यादेश ल्याउने चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ । साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले एकीकृत समाजवादी लगायतका दल टुक्राउन सहज हुनेगरी अध्यादेश ल्याउने तयारी गरेको छ ।

पछिल्लो समय एकीकृत समाजवादीमा आधा दर्जन सांसद असन्तुष्ट बनेका छन् । उनीहरु एमालेमा फर्किनेगरि तयारीमा छन् । असन्तुष्ट सांसदहरुको नेतृत्व प्रेम आलेले गरेको चर्चा छ । उनलाई बारा–४ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले पनि साथ दिएका छन् ।

आले र श्रेष्ठ नै पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर सम्वादमा छन् । उनीहरुको आग्रहमा नै प्रधानमन्त्री ओलीले आजरभोलिभित्रै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनेगरि गृहकार्य थालेका छन् ।

कतिपयले आजै बस्ने मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश आउने अड्कलबाजी गरेका छन् । यसको लागि प्रधानमन्त्री ओलीले हिजो (आइतबार) नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहमति लिएको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस