2026-10-11 08:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार

काठमाडौँ | ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध इन्टरपोलको ‘रेड नोटिस’ जारी गर्न प्रहरी प्रधान कार्यालयले पहल गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको उच्च प्रहरी स्रोतले जनाएको छ।

मितेरी सहकारीको रकम अपचलन सम्बन्धी अनुसन्धान सीआईबीले गरिरहेको छ। कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ उक्त सहकारीकी प्रबन्ध निर्देशक थिइन् भने बर्दिया घर भएका ज्योति भण्डारीले पनि ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको पाइएको छ।

भण्डारी कम्बोडियामा लुकेको आशंका गरिएको छ भने उनले सहकारीको ऋण फिर्ता नगरेको सहकारीका सञ्चालकहरूले बताएका छन्। सहकारीको १२ करोड ५१ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ।

धनराज गुरुङ र ज्योति गुरुङले २०७६ फागुन २९ गते ललितपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेद गरेका थिए। सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा उजुरी दिएका थिए, जसअनुसार उक्त छानबिन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध