2026-10-02 01:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी

खोटाङ | खोटाङको साकेला गाउँपालिका-४ मात्तिममा वडाध्यक्ष अर्जुनकुमार कटुवाल अमेरिकामा गएको नौ महिनापछि गाउँबासीहरूले वडा कार्यालयमा तालाबन्दी गरेका छन्। वडाध्यक्ष कटुवाल २०८० माघ १७ गतेदेखि वडामा अनुपस्थित रहेका छन्, जसका कारण जनताको दैनिक कामकाजमा ठूलो असर परेको छ।

युनेस्कोका एमाले नेता गोपी खड्काका अनुसार, वडाध्यक्षको अनुपस्थितिका कारण विकास निर्माण र अन्य सेवा सुविधामा अवरोध आइरहेको छ। बुधबार पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बसेको सर्वदलीय भेलाले समस्या समाधान नभएसम्म वडा कार्यालयमा ताला लगाउने निर्णय गरेको हो।

यसअघि वडाध्यक्ष कटुवाललाई १५ दिन भित्र वडामा आएर जनताको काम गर्न अल्टिमेटम दिइएको थियो, तर पुनः कार्यालयमा नफर्केपछि स्थानीय बासिन्दाहरूले तालाबन्दी गर्न बाध्य भएका छन्। पूर्ववडाध्यक्ष भट्टराईले भने, “वडाध्यक्षलाई पटक पटक अल्टिमेटम दिए पनि उनले कार्यालयमा फर्किनु भएन, जसले गर्दा हामीले यो कदम चाल्नुपर्यो।”

वडाध्यक्ष कटुवाल नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। कार्यालयमा तालाबन्दीमा माओवादी पार्टीका नेता कार्यकर्ताहरू समेत संलग्न छन्। नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेर वडाध्यक्षको अनुपस्थितिको विरोध गरेका छन्।

साकेला गाउँपालिका अध्यक्ष रविप्रकास राईले वडाध्यक्ष कटुवाललाई कार्यालयमा हाजिर हुन वा राजीनामा दिनको लागि स्थानीय बासिन्दाहरूको मागको सम्मान गर्नुपर्ने बताए। उहाँले भने, “हामी आन्दोलन पक्षसँग छलफल गरी जनताको दैनिक कामकाज सुचारु गर्ने प्रयास गर्दैछौं।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने