भास्कर के.सी | असार १४, कञ्चनपुर | कञ्चनपुरको भिमदत्त नगरपालिका अन्तर्गत १९ ओटा वडामा शान्ति पुर्वक मतदान भईरहेको छ । विहान केही बेर पानी परे पनि अहिले घाम लागेको हुनाल"/>
भास्कर के.सी | असार १४, कञ्चनपुर | कञ्चनपुरको भिमदत्त नगरपालिका अन्तर्गत १९ ओटा वडामा शान्ति पुर्वक मतदान भईरहेको छ । विहान केही बेर पानी परे पनि अहिले घाम लागेको हुनाले मतदान गर्न आउने मतदातालाई सजिलो भएको छ ।
भिमदत्त नगरपालिकाको सबै भन्दा ठुलो वडा नं.१८ जहाँ ७ हजार ८ सय ३४ मतदाता रहेका छन् । त्यहा ८ बुथमा विभाजन गरी निर्वाचन पक्रिया अगाडि बढेको छ । त्यस केन्द्रमा कुनै मेला लागेको जस्तो भिड रहेको छ भने मतदाता मतदान गर्न पाएको मा हर्षित रहेका छन् ।
वडा नं. ४ स्थित भृकुटी उच्च माध्यमिक विद्यालय नजिकै रहेको शौचालयमा ९ः३० बजे अज्ञात समुहले बम विष्फोट गराएको छ, तर बम विष्फोटले मतदान दातामा कुनै असर नगरेको र सबै मतदाताले मतदानमा उत्साहितरुपमा सहभागिता जनाइरहेको अवस्था छ ।