कमल रावल/असार १५, अछाम । अछाम जिल्लामा जारी मतगणना अनुसार २ तहमा काग्रेस र एक एक तहमा एमाले माओवादि अगाडी देखिएका छन । 

जिल्लाको कमलबजार नगरपालिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/असार १५, अछाम । अछाम जिल्लामा जारी मतगणना अनुसार २ तहमा काग्रेस र एक एक तहमा एमाले माओवादि अगाडी देखिएका छन । 

जिल्लाको कमलबजार नगरपालिक"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा ३ मा कांग्रेस, एमाले र माओवादी एक/एक तहमा अगाडी

१५ असार २०७४, बिहीबार १५:३५


कमल रावल/असार १५, अछाम । अछाम जिल्लामा जारी मतगणना अनुसार २ तहमा काग्रेस र एक एक तहमा एमाले माओवादि अगाडी देखिएका छन । 

जिल्लाको कमलबजार नगरपालिका र ढकारी गाउपालिकामा नेपाली काग्रेस अगाडी छ भने नेपाली काग्रेस र माओवादि केन्द्रले गठबन्धन गरेको मगलसेन नगरपालिकामा एमाले अगाडी रहेका छ उता जिल्लाको रामारोशन गाउपालिकामा माओवादि केन्द्र अगाडी रहेको छ । 

जयगढ गाउपालिकामा भने काग्रेस माओवादिको गठबन्धन नै अघि रहेको छ । जिल्लाका मेल्लेख, तुर्माखाद र पञ्चदेवल विनायक नगरपालिकामा अहीले मात्र मतगणना सुुरु भएको छ । चौरपाटी र साँफेबगर नगरपालिकामा राजनितिक दलको आपसि विवादका कारण मतगणना सुरु हुन सकेको छैन । 

मंगलसेन नगरपालिकामा वडा नम्बर १४ का ४०० मत गनी सक्दा मंगलसेन नगरपालिकाका एमाले मेयर पदका उम्मेद्धार पदम बहादुर बोहरा १९६, उपमेयर सरिता उपाध्याय १९४, काग्रेस र माओवादि केन्द्र गठबन्धनका मेयर पदका उम्मेद्धार काग्रेसका चन्द्र प्रसाद ढुगाना १५६, उपमेयर माओवादि केन्द्रका रोहीना भण्डारीको १८७ रहेको छ । 

नेपाली काङगेस र माओबादी केन्द्र बिच तालमेल भएको गाउपालीका बान्नीगढी जयगढ गाउपालीका प्रमुखमा नेपाली काङगे्रका राजेन्द्र खडका १७०, नेकपा ऐमालेका कमलराज तिमिल्सैना९८, उप(प्रमुखमा माओबादी केन्दका लोकेन्द सावद१३५, नेकपा ऐमालेकी निर्मला रावलको ११७ मत रहेको छ । 

कमलबजार नगरापलिका वडा नम्बर १ मुलिमा अहिले ६०० मत गणना गर्दा सम्म मेयरमा नेपाली काग्रेसको २०० उपमेयरमा २६४, एमालेको मेयरमा २००, उपमेयरमा १६६, माओवादि केन्द्रको मेयरमा ६७, उपमेयरमा ६८, राप्रपाको उप मेयरमा १३ र मजदुर किसान पार्टीको मेयर ३ मत मात्र रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…