असार १६, अछाम । नेपाली काग्रेस र नेकपा माओवादि केन्द्रको गठबन्धनलाई तोडदै मंगलसेन नगरपालिका वडा नम्बर १४ मा एमालको प्यानल सहीत विजयि भएको छ ।
आज बिहान ३ बजे सार्वजनिक भएको नतिजा अनुसार नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेद्धार तेज बहादुर भण्डारी ४ सय ७८ मत ल्याएर विजयि भएका छन भने उहाँका निकटतम प्रतिद्धोन्द्धी काग्रेस माओवादि गठनबन्धनका गणेश सोडारीले ४ सय ५६ मत ल्याएका छन ।
बाँकी सबै वडा सदस्य पनी एमालेको प्यानलकै सदस्य विजयि भएका छन । सुरु देखि मेयर र उपेमयरमा अग्रता लिएको एमालेले अहीले पनी जारी रोखेको छ । जसमा एमालेका मेयरका उम्मेद्धार पदम बोहरा ४ सय ६५, काग्रेस माओवादि गठबन्धनका मेयर उम्मेद्धार चन्द्र प्रसाद ढुगाना ३ सय ८१, उपमेयरमा एमालेका सरिता उपाध्याय ४ सय ७१, काग्रेस माओवादि गठबन्धनका उपमेयरका उम्मेद्धार रोहीना भण्डारीको ४ सय ६९ मत रहेको छ ।
त्यस अघि अछामको ढकारी गाउपालिकाको वडा नम्बर ७ र ८ काग्रेस र ५ मा एमाले विजयी भएको छ भने ६ मा काग्रेस अगाडी देखिएका छ । हिजो काग्रेस अगाडी रहेको ढकारी गाउपालिकामा यतिबेला एमालले गाउपालिका अध्यक्ष उपाध्यक्षमा अग्रता लिएको छ ।
कमलबजार नगरपालिकाको वडा नम्बर १,२,३ मा काग्रेस र ४ मा एमालेले जितेको छ । भने मेल्लेख गाउपालिका वडा नम्बर ८ मा काग्रेसले जितेको छ भने रामारोशन गाउपालिका वडा नम्बर १ मा माओवादि केन्द्र विजयी भएको छ ।