२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा एमाले र माओबादीले पनि खाता खोले

२०७४, १६ असार शुक्रबार १२:२९

असार १६, कञ्चनपुर । कञ्चनपुरका तीन नगरपालिकामा माओवादी केन्द्र, दुईमा नेपाली काँग्रेस र तीनमा नेकपा एमालेले खाता खोलेको छ । 

निर्वाचन अधिकृतका कार्यालयका अनुसार शुक्रबार पुर्नवास, बेलौरी र शुक्लाफाँटामा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार विजयी भएका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार प्रेम बस्नेत विजयी भएका छन् । 

बस्नेतले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका दिप बहादुर तामाङ्गलाई १८ मतले हराउदै विजयी भएका छन् । बस्नेतले ४३९ मत प्राप्त गरेका थिए । सदस्यहरुमा एमालेका उम्मेद्वार गोपाल सुवेदी, विष्णू सुग्देल, पार्वती शाही, टिका सुनार विजयी भएका छन् । 

बेलौरीमा माओवादी केन्द्रका रतन बहादुर शाहीको पुरै प्यानल निर्वाचित भएका छन् । शाहीले आफ्ना निकतम प्रतिद्वन्दी एमालेका नवराज शाहीलाई ७१ मतले हराउदै निर्वाचित भएका छन् । माओवादी केन्द्रका शाहीले ४८३ र एमालेका शाहीले ४१२ मत ल्याएका थिए । 

सदस्यहरुमा हन बहादुर विष्ट, अशोक चौधरी, राम दुलारी राना गिरी, लक्ष्मी खडका (नेपाली) निर्वाचित भएका छन् । शुक्लाफाँटा ७ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्षमा उम्मेदवार जगत बहादुर सिह निर्वाचित भएका छन् । 

उनले आफ्ना निकटमप्रतिद्वन्दी एमालेका मदन धामीलाई ५३मतले हराउदै अध्यक्षमा विजयी भएका हुन् । सिहले ६९९ र धामीले ६४६मत ल्याएका थिए । भने सदस्यमा एमाले उम्मेदवार देवदत्त भट्ट, ओम प्र. चोधरी, बिर साउद र कलावती महर निर्वाचित भएका छन् । 

भीमदत्त नगर १ मा काँग्रेसको पुरै प्यानल विजयी भएको छ । काँग्रेसका उम्मेदवार आसेफ कुँवर (भुन्टु)ले आफ्ना निकटमत प्रतिद्वन्दी बाबुराम शर्मालाई १६८मतले हराउदै अध्यक्षमा निर्वाचित भएका छन् । कुँवरले ६३७ र शर्काले ४६९मत ल्याएका थिए । भने सदस्यहरुमा काँग्रेसकै उम्मेदवार कालुराम ढगौरा, भोजराज पाण्डे, जानकी धामी र माया सार्की निर्वाचित भएका छन् । यस्तै लालझाँडी गाँउपालिकामा काँग्रेसले खाता खोलेको छ । 

२ र ५ मा काँग्रेसले पुरै प्यानल जितेको छ । २ को वडाध्यक्षमा काँग्रेसका हेमराज रानाले आफ्ना निकटमत प्रतिद्वन्दीलाई हराउदै अध्यक्षमा निर्वाचित भएका हुन् । सदस्यहरुमा सिता चौधरी, सुनिता तिरुवा, झेली राना, लाल राना निर्वाचित भएका छन् । भने ५मा काँग्रेसकै नन्दलाल अवस्थी निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका पहिलाद रानालाई १४ मतले हराउदै निर्वाचित भएका हुन् । 

अवस्थीले ३३६ र रानाले ३२२ मत ल्याएका थिए । यस्तै बेल्डाँडी गाउँपालिका–१ र पुनर्वास नगरपालिकामा एमालेको पुरै प्यानल विजयी भएको छ । एमाले वडाध्यका उम्मेदवार अम्मर बहादुर खत्रीको प्यानल विजयी भएको हो । खत्रीले आफ्ना निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका एकेन्द्र बहादुर शाहलाई ४८ मतले हराउदै निर्वाचित हुनुभएको हो । खत्रीले ५३१ र शाहले ४८६ मत ल्याएका थिए । 

सदस्यहरुमा गणेश विष्ट, शंकर दत्त भट्ट, गणेश विष्ट, हिरा सुनार, लक्ष्मी भट्ट विजयी भएका छन् । पुनर्वास नगरमा एमालेका प्रताप बहादुर चन्द अध्यक्षमा निर्वाचित भएका छन् । उनले ९६१मत ल्याउदै निर्वाचित भए ।

 सदस्य एमालेकै प्रथम सिह राना, फुर्पा तामाङ्ग, बसन्ती लुहार, सुमित्रा राना निर्वाचित भएका छन् । अन्य नगरपालिकामा मत गणना जारी रहेको छ । महाकाली, भीमदत्तमा काँग्रेसले अग्रता लिएको छ । भने बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुर्नवास र बेल्डाँडी गाउँपालिकामा एमालेले र लालझाँडी, बेलौरी नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस