२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा एमाले र माओबादीले पनि खाता खोले

१६ असार २०७४, शुक्रबार १२:२९

असार १६, कञ्चनपुर । कञ्चनपुरका तीन नगरपालिकामा माओवादी केन्द्र, दुईमा नेपाली काँग्रेस र तीनमा नेकपा एमालेले खाता खोलेको छ । 

निर्वाचन अधिकृतका कार्यालयका अनुसार शुक्रबार पुर्नवास, बेलौरी र शुक्लाफाँटामा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार विजयी भएका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार प्रेम बस्नेत विजयी भएका छन् । 

बस्नेतले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका दिप बहादुर तामाङ्गलाई १८ मतले हराउदै विजयी भएका छन् । बस्नेतले ४३९ मत प्राप्त गरेका थिए । सदस्यहरुमा एमालेका उम्मेद्वार गोपाल सुवेदी, विष्णू सुग्देल, पार्वती शाही, टिका सुनार विजयी भएका छन् । 

बेलौरीमा माओवादी केन्द्रका रतन बहादुर शाहीको पुरै प्यानल निर्वाचित भएका छन् । शाहीले आफ्ना निकतम प्रतिद्वन्दी एमालेका नवराज शाहीलाई ७१ मतले हराउदै निर्वाचित भएका छन् । माओवादी केन्द्रका शाहीले ४८३ र एमालेका शाहीले ४१२ मत ल्याएका थिए । 

सदस्यहरुमा हन बहादुर विष्ट, अशोक चौधरी, राम दुलारी राना गिरी, लक्ष्मी खडका (नेपाली) निर्वाचित भएका छन् । शुक्लाफाँटा ७ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्षमा उम्मेदवार जगत बहादुर सिह निर्वाचित भएका छन् । 

उनले आफ्ना निकटमप्रतिद्वन्दी एमालेका मदन धामीलाई ५३मतले हराउदै अध्यक्षमा विजयी भएका हुन् । सिहले ६९९ र धामीले ६४६मत ल्याएका थिए । भने सदस्यमा एमाले उम्मेदवार देवदत्त भट्ट, ओम प्र. चोधरी, बिर साउद र कलावती महर निर्वाचित भएका छन् । 

भीमदत्त नगर १ मा काँग्रेसको पुरै प्यानल विजयी भएको छ । काँग्रेसका उम्मेदवार आसेफ कुँवर (भुन्टु)ले आफ्ना निकटमत प्रतिद्वन्दी बाबुराम शर्मालाई १६८मतले हराउदै अध्यक्षमा निर्वाचित भएका छन् । कुँवरले ६३७ र शर्काले ४६९मत ल्याएका थिए । भने सदस्यहरुमा काँग्रेसकै उम्मेदवार कालुराम ढगौरा, भोजराज पाण्डे, जानकी धामी र माया सार्की निर्वाचित भएका छन् । यस्तै लालझाँडी गाँउपालिकामा काँग्रेसले खाता खोलेको छ । 

२ र ५ मा काँग्रेसले पुरै प्यानल जितेको छ । २ को वडाध्यक्षमा काँग्रेसका हेमराज रानाले आफ्ना निकटमत प्रतिद्वन्दीलाई हराउदै अध्यक्षमा निर्वाचित भएका हुन् । सदस्यहरुमा सिता चौधरी, सुनिता तिरुवा, झेली राना, लाल राना निर्वाचित भएका छन् । भने ५मा काँग्रेसकै नन्दलाल अवस्थी निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका पहिलाद रानालाई १४ मतले हराउदै निर्वाचित भएका हुन् । 

अवस्थीले ३३६ र रानाले ३२२ मत ल्याएका थिए । यस्तै बेल्डाँडी गाउँपालिका–१ र पुनर्वास नगरपालिकामा एमालेको पुरै प्यानल विजयी भएको छ । एमाले वडाध्यका उम्मेदवार अम्मर बहादुर खत्रीको प्यानल विजयी भएको हो । खत्रीले आफ्ना निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका एकेन्द्र बहादुर शाहलाई ४८ मतले हराउदै निर्वाचित हुनुभएको हो । खत्रीले ५३१ र शाहले ४८६ मत ल्याएका थिए । 

सदस्यहरुमा गणेश विष्ट, शंकर दत्त भट्ट, गणेश विष्ट, हिरा सुनार, लक्ष्मी भट्ट विजयी भएका छन् । पुनर्वास नगरमा एमालेका प्रताप बहादुर चन्द अध्यक्षमा निर्वाचित भएका छन् । उनले ९६१मत ल्याउदै निर्वाचित भए ।

 सदस्य एमालेकै प्रथम सिह राना, फुर्पा तामाङ्ग, बसन्ती लुहार, सुमित्रा राना निर्वाचित भएका छन् । अन्य नगरपालिकामा मत गणना जारी रहेको छ । महाकाली, भीमदत्तमा काँग्रेसले अग्रता लिएको छ । भने बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुर्नवास र बेल्डाँडी गाउँपालिकामा एमालेले र लालझाँडी, बेलौरी नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो