खकेन्द्र केसी

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

2026-10-26 02:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

काँग्रेस सभापतिको निर्णय प्रति पार्टी कै नेताहरु असुन्तुष्ट

खकेन्द्र केसी

असार १६ सल्यान 

नेपाली काग्रेस सल्यान जिल्ला सभापती गणेश चन्दले आफु खुसी मनपरि गरेको भन्दै उनकै पार्टीका क्षेत्रिय कमिटी नेताहरु असुन्तुष्ट बनेका छन् । 

गत बैशाख ४ गते पार्टीका जिल्ला उपसभापति निम बहादुर केसी नेतृत्वमा नेपाली काँग्रेस र नेकपा एमाले बिच बैशाख १७ गते हुने सल्यान उद्योग बाणिज्य संघको चुनावमा सयुंक्त प्यानलाई जिताउने सहमती भएको थियो । तर आज मात्रै माओवादी केन्द्रबाट अध्यक्षका उम्मेद्वार वीर बहादुर चलाउनेलाई काग्रेसको पनि साथ रहनेछ भनेर नेपाली काग्रेसका जिल्ला सभापती गणेश चन्द र नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नेव बहादुर कवरले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ।

 

यस बिषयलाई लिएर आज श्रीनगरमा पत्रकार सम्मेलन गरेर काँग्रेस क्षेत्र नम्बर दुईका सभापति सन्तोष केसीले जिल्ला सभापति चन्दले कसैलाई नसोधि आफुखुसि माओवादी सँग सहमति गरेको आरोप लगाएका छन् । क्षेत्र न्म्बर १ का सभापति गोरख केसी र २ का सभापति सन्तोष केसी द्वारा हस्ताक्षेर विज्ञप्तीमा पनि भनिएको छ शुन्य समय सुरु भइसकेको अबस्थामा अन्तिम क्षणमा सल्यानका व्यापारी मतदाताहरुले मत प्रयोग गर्ने समयमा नेपाली काँग्रेस सल्यानका सभापतिद्वारा प्रेष्ति विज्ञप्तीले सिंगो नेपाली काँग्रेस पार्टीमा क्रियाशिल सदस्यहरु, उद्योगी व्यसायीहरु र तमाम शुभचिन्तक समर्थकहरुलाई दुखी एवम स्तब्ध तुल्याएको छ । 

गणेश चन्दले पहिलेको सहमतिलाई लत्याएको भन्दै असुन्तुष्ट बनेका महासचिब पदका उम्मेदवार भरत कुमार बस्नेत र बरिष्ट उपाध्यक्ष पदका उम्मेदवार कुमार बुढाथोकी द्धारा हस्ताक्षरे बिज्ञप्तीमा पनि ४ गते नै सहमति भएको संयुक्त प्यानलका उमेद्वारहरुलाई सबैले जिताउन अनुरोध गर्दछौ भनिएको छ । 

यता जिल्ला सभापति चन्द द्वारा हस्ताक्षर गरेको सहमती पत्रमा स्वतन्त्र प्यानलको तर्फबाट वीर बहादुर चलाउनेलाई अध्यक्षमा, नरेन्द्र बुढामगरलाई सचिवमा संयुक्त प्यानलका वरिष्ट उपाध्यक्ष कुमार बुढाथोकी, महासचिवमा भरत बस्नेतलाई समर्थन गर्ने सहमती भएको छ । यसरी क्षत्रिय कमिटीका नेताहरु एक तर्फी जिल्ला कमिटीका नेताहरु एकतर्फ हुदा सल्यानमा काँग्रेस काँग्रेस भित्र दुई गुट भएको होकि भन्ने कुरामा पनि धेरैको प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने