खकेन्द्र केसी

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

2026-09-08 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

काँग्रेस सभापतिको निर्णय प्रति पार्टी कै नेताहरु असुन्तुष्ट

खकेन्द्र केसी

असार १६ सल्यान 

नेपाली काग्रेस सल्यान जिल्ला सभापती गणेश चन्दले आफु खुसी मनपरि गरेको भन्दै उनकै पार्टीका क्षेत्रिय कमिटी नेताहरु असुन्तुष्ट बनेका छन् । 

गत बैशाख ४ गते पार्टीका जिल्ला उपसभापति निम बहादुर केसी नेतृत्वमा नेपाली काँग्रेस र नेकपा एमाले बिच बैशाख १७ गते हुने सल्यान उद्योग बाणिज्य संघको चुनावमा सयुंक्त प्यानलाई जिताउने सहमती भएको थियो । तर आज मात्रै माओवादी केन्द्रबाट अध्यक्षका उम्मेद्वार वीर बहादुर चलाउनेलाई काग्रेसको पनि साथ रहनेछ भनेर नेपाली काग्रेसका जिल्ला सभापती गणेश चन्द र नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नेव बहादुर कवरले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ।

 

यस बिषयलाई लिएर आज श्रीनगरमा पत्रकार सम्मेलन गरेर काँग्रेस क्षेत्र नम्बर दुईका सभापति सन्तोष केसीले जिल्ला सभापति चन्दले कसैलाई नसोधि आफुखुसि माओवादी सँग सहमति गरेको आरोप लगाएका छन् । क्षेत्र न्म्बर १ का सभापति गोरख केसी र २ का सभापति सन्तोष केसी द्वारा हस्ताक्षेर विज्ञप्तीमा पनि भनिएको छ शुन्य समय सुरु भइसकेको अबस्थामा अन्तिम क्षणमा सल्यानका व्यापारी मतदाताहरुले मत प्रयोग गर्ने समयमा नेपाली काँग्रेस सल्यानका सभापतिद्वारा प्रेष्ति विज्ञप्तीले सिंगो नेपाली काँग्रेस पार्टीमा क्रियाशिल सदस्यहरु, उद्योगी व्यसायीहरु र तमाम शुभचिन्तक समर्थकहरुलाई दुखी एवम स्तब्ध तुल्याएको छ । 

गणेश चन्दले पहिलेको सहमतिलाई लत्याएको भन्दै असुन्तुष्ट बनेका महासचिब पदका उम्मेदवार भरत कुमार बस्नेत र बरिष्ट उपाध्यक्ष पदका उम्मेदवार कुमार बुढाथोकी द्धारा हस्ताक्षरे बिज्ञप्तीमा पनि ४ गते नै सहमति भएको संयुक्त प्यानलका उमेद्वारहरुलाई सबैले जिताउन अनुरोध गर्दछौ भनिएको छ । 

यता जिल्ला सभापति चन्द द्वारा हस्ताक्षर गरेको सहमती पत्रमा स्वतन्त्र प्यानलको तर्फबाट वीर बहादुर चलाउनेलाई अध्यक्षमा, नरेन्द्र बुढामगरलाई सचिवमा संयुक्त प्यानलका वरिष्ट उपाध्यक्ष कुमार बुढाथोकी, महासचिवमा भरत बस्नेतलाई समर्थन गर्ने सहमती भएको छ । यसरी क्षत्रिय कमिटीका नेताहरु एक तर्फी जिल्ला कमिटीका नेताहरु एकतर्फ हुदा सल्यानमा काँग्रेस काँग्रेस भित्र दुई गुट भएको होकि भन्ने कुरामा पनि धेरैको प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल