दुवै उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट विजय घोषणा

Posted on: 01 Jul, 2017

असार १७, अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ६ बारलामा नेकपा माओवादी र नेपाली कांग्रेसका दुबै वडा अध्यक्षका उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट चुनिएको छ । गोलाप्रथाबाट नेपाली कांग्रेसका उम्मेदवार तारा खनालले जित हात पारेका छन् ।

नेपाली काँग्रेसका तारा खनाल र नेकपा माओवादी केन्द्रका महारुप जैशीको समान ५१७ मत आए पछि गोलाप्रथाबाट कांग्रेसका उम्मेदवारले जितेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!