प्रेम सुनार/असार १७, गुल्मी । गुल्मीमा कांग्रेस माओवादी गठबन्धनका पाँच वटा गाउँपालिका मध्ये एउटा प्रमुख पद पाएको स्थान गुमे पनि अर्को प्रमुख पद पाएको धुर्कोट गाउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/असार १७, गुल्मी । गुल्मीमा कांग्रेस माओवादी गठबन्धनका पाँच वटा गाउँपालिका मध्ये एउटा प्रमुख पद पाएको स्थान गुमे पनि अर्को प्रमुख पद पाएको धुर्कोट गाउ"/>
२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा माओवादी केन्द्रले प्रमुख पदमा खाता खोल्यो

२०७४, १७ असार शनिबार १०:५६

प्रेम सुनार/असार १७, गुल्मी । गुल्मीमा कांग्रेस माओवादी गठबन्धनका पाँच वटा गाउँपालिका मध्ये एउटा प्रमुख पद पाएको स्थान गुमे पनि अर्को प्रमुख पद पाएको धुर्कोट गाउँपालिकोको प्रमुख पदमा माओवादीले खाता खोलेको छ । 

नेकपा एमालेको दुई तिहाई मत छन भनेर दावि गरिदै आएको धुर्कोटमा एमालेका कृष्ण घिमिरेलाई ३६५ मतको अन्तरले पछाडी पार्दै  कांग्रेस माओवादी केन्द्रका संयुक्त उमेदवार भुपाल पोखरेल विजयी भएका हुन् ।  

पोखरेलले ५११६ मत ल्याएर विजयी भएका छन । उनका  प्रतिद्धन्द्धी एमालेका घिमिरेले ४७५३ मत ल्याएर पराजित भएका हुन् । 

त्यस्तै उपप्रमुखमा पनि शिव केसीले ७० मतको अन्तरले विजयी हाँसिल गरेका छन् । केसीले ४८१६ मत ल्याएर विजयी भएका हुन भने एमालेकी रिता  थापा ४८४२ मत ल्याएर पराजित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

अघिल्लो चुनाव सम्म कांग्रेस एमाले वा अरु सवै दल एकातिर मिले पनि दुई तिहाई मतले अगाडी हुने एमाले उमेदवार घिमिरेलाई यसपाली भने अपेक्षाकृत मत आउन नसकेको र पोखरेलको गठबन्धनलाई सवै भन्दा बढि मत वस्तुले राखे पछि यति धेरै मतान्तरका साथ पोखरेलको प्यानलले विजयी हाँसिल गरेको बताईएकोछ । 

त्यस्तै संयुक्त उपप्रमुख कांग्रेसका शिव केसी विजयी भएका छन् । गठबन्धनले ७ वटा वडा मध्ये ४ वटा वडा अध्यक्ष सहितको प्यान पनि विजयी गराउन सफल भएको छ । नेकपा एमालेले ३ वटा वडामा मात्रै विजयी हाँसिल गरेको छ ।  

वडा नम्वर १ साविकको नयाँगाउँमा गठवन्धनका कमल थापा अध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्वर ३ पिपलधारामा नविन जिसी, वडा नम्वर ४ जैसीथोकमा मानबहादुर कुँवर र वडा नम्वर ५ वस्तुमा ढुण्डीराज भण्डारी  वडाध्यक्षमा विजयी भएका हुन् । 

त्यस्तै नेकपा एमालेका उमेदवार विष्णु श्रीसले वडा नम्वर ३ हाहाडेमा अध्यक्ष पदमा विजयी हाँसिल गरेकाछन् ।  वडा नम्वर ६ धुर्कोट रजस्थलमा कृष्ण नेपाली र वडा नम्वर ७ वाग्लामा   हिमप्रसाद पन्थी एमालेको तर्फबाट वडाध्यक्ष सहितको प्यानल विजयी भएको छन् ।  

कांग्रेस माओवादी गठवन्धन मध्ये रुरुमा  एमालेले जितको र  छत्रकोटमा अग्रता लिए पनि अन्य दुई गाउँपालिका कालिगण्डकी र सत्यवतीमा गठवन्धनकै अग्रता रहेको छ ।  तिन प्रमुख दलका  एकल उमेदवार लडेको मदानेमा भने  सुरुवाती  अग्रता लिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण