प्रेम सुनार/असार १७, गुल्मी । गुल्मीमा कांग्रेस माओवादी गठबन्धनका पाँच वटा गाउँपालिका मध्ये एउटा प्रमुख पद पाएको स्थान गुमे पनि अर्को प्रमुख पद पाएको धुर्कोट गाउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/असार १७, गुल्मी । गुल्मीमा कांग्रेस माओवादी गठबन्धनका पाँच वटा गाउँपालिका मध्ये एउटा प्रमुख पद पाएको स्थान गुमे पनि अर्को प्रमुख पद पाएको धुर्कोट गाउ"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा माओवादी केन्द्रले प्रमुख पदमा खाता खोल्यो

१७ असार २०७४, शनिबार १०:५६

प्रेम सुनार/असार १७, गुल्मी । गुल्मीमा कांग्रेस माओवादी गठबन्धनका पाँच वटा गाउँपालिका मध्ये एउटा प्रमुख पद पाएको स्थान गुमे पनि अर्को प्रमुख पद पाएको धुर्कोट गाउँपालिकोको प्रमुख पदमा माओवादीले खाता खोलेको छ । 

नेकपा एमालेको दुई तिहाई मत छन भनेर दावि गरिदै आएको धुर्कोटमा एमालेका कृष्ण घिमिरेलाई ३६५ मतको अन्तरले पछाडी पार्दै  कांग्रेस माओवादी केन्द्रका संयुक्त उमेदवार भुपाल पोखरेल विजयी भएका हुन् ।  

पोखरेलले ५११६ मत ल्याएर विजयी भएका छन । उनका  प्रतिद्धन्द्धी एमालेका घिमिरेले ४७५३ मत ल्याएर पराजित भएका हुन् । 

त्यस्तै उपप्रमुखमा पनि शिव केसीले ७० मतको अन्तरले विजयी हाँसिल गरेका छन् । केसीले ४८१६ मत ल्याएर विजयी भएका हुन भने एमालेकी रिता  थापा ४८४२ मत ल्याएर पराजित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

अघिल्लो चुनाव सम्म कांग्रेस एमाले वा अरु सवै दल एकातिर मिले पनि दुई तिहाई मतले अगाडी हुने एमाले उमेदवार घिमिरेलाई यसपाली भने अपेक्षाकृत मत आउन नसकेको र पोखरेलको गठबन्धनलाई सवै भन्दा बढि मत वस्तुले राखे पछि यति धेरै मतान्तरका साथ पोखरेलको प्यानलले विजयी हाँसिल गरेको बताईएकोछ । 

त्यस्तै संयुक्त उपप्रमुख कांग्रेसका शिव केसी विजयी भएका छन् । गठबन्धनले ७ वटा वडा मध्ये ४ वटा वडा अध्यक्ष सहितको प्यान पनि विजयी गराउन सफल भएको छ । नेकपा एमालेले ३ वटा वडामा मात्रै विजयी हाँसिल गरेको छ ।  

वडा नम्वर १ साविकको नयाँगाउँमा गठवन्धनका कमल थापा अध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्वर ३ पिपलधारामा नविन जिसी, वडा नम्वर ४ जैसीथोकमा मानबहादुर कुँवर र वडा नम्वर ५ वस्तुमा ढुण्डीराज भण्डारी  वडाध्यक्षमा विजयी भएका हुन् । 

त्यस्तै नेकपा एमालेका उमेदवार विष्णु श्रीसले वडा नम्वर ३ हाहाडेमा अध्यक्ष पदमा विजयी हाँसिल गरेकाछन् ।  वडा नम्वर ६ धुर्कोट रजस्थलमा कृष्ण नेपाली र वडा नम्वर ७ वाग्लामा   हिमप्रसाद पन्थी एमालेको तर्फबाट वडाध्यक्ष सहितको प्यानल विजयी भएको छन् ।  

कांग्रेस माओवादी गठवन्धन मध्ये रुरुमा  एमालेले जितको र  छत्रकोटमा अग्रता लिए पनि अन्य दुई गाउँपालिका कालिगण्डकी र सत्यवतीमा गठवन्धनकै अग्रता रहेको छ ।  तिन प्रमुख दलका  एकल उमेदवार लडेको मदानेमा भने  सुरुवाती  अग्रता लिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव