२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको मेल्लेखमा कांग्रेस-माओबादी गठबन्धन विजयी

१८ असार २०७४, आईतवार ०१:४०

कमल रावल/असार १८, अछाम । अछामको मेल्लेख गाँउपालिकामा काग्रेस र नेकपा माओवादि केन्द्रको गठबन्धन विजयी भएको छ । 

अध्यक्ष पदका उम्मेद्धार नेकपा माओवादि केन्द्रका लोक बहादुर र उपाध्यक्षमा गठबन्धनका नेपाली काग्रेसका धन बहादुर शाह विजयी भएका छन । अध्यक्षमा माओवादी केन्द्रका वोहराले निकटतम प्रतिद्धोन्दी एमालेका उम्मेदवार डम्मर नेपालीलाई ५१७ मतले पछि पार्दै विजयी भएका हुन् । 

विजेता वोहराले ४५०९ मत ल्याएका थिए भने नेपालीले ३९९२ मत ल्याएर पराजित भएका हुन । उपाध्यक्षमा कांग्रेसका धनवहादुर शाहले ४४०८ मत प्राप्त गरी विजयी भए भने उनका निकटम प्रतिद्धन्दी एमाले उम्मेदवार समिता महरले ४००२ मत प्राप्त गरिन् । त्यस्तै मेल्लेख गाँउपालिकाको १, ५ र ८ नम्बर वडामा कांग्रेस, ४, ६ र ७ मा एमाले र २ र ३ मा माओवादी केन्द्र विजयी भएको थियो । उता अछामको ढकारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । 

शनिवार सार्वजनिक मत परिणाम अनुसार ढकारी गाउँपालिकामा नेपाली काँग्रेसका धन बहादुर बुढा ३४५४ मत लिएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका नवराज साउदले २९३० मत प्राप्त गर्नुभएको छ । 

उप प्रमुखमा काँग्रेस कै लक्ष्मी साउदले ३३८१ मतका साथ विजयी हुनु भयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी हेमा शाहीले २९३० मत ल्याउनु भएको छ । ढकारी गाउँपालिकामा जम्मा ८ वडा मध्ये पाँच वडामा नेपाली काँग्रेस र ३ वडामा एमाले बिजयी भएको हो । 

कमलबजार नगरपालिकामा काग्रेस त्यस अघि नै विजयी भईसकेको थियो । भने मंगलसेन र चौरपाटी गाउपालिकामा एमाले, रामारोशन गाउपालिकामा माओवादि केन्द्र रजयगढ बान्नीगढी गाउपालिका, साफेबगर नगरपालीका, पञ्चदेवल नगरपालिका र तुर्माखाद गाउपालिकामा नेपाली काग्रेसको अग्रता रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…