प्रेम सुनार/असार १९, गुल्मी । गुल्मी जिल्लाको स्थानिय निर्वाचनमा यहाँका दुई राजनैतिक दलका उमेदवारहरुले आ–आफ्नो दलको ईज्जत बचाउन सफल भएका छन् ।  

न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/असार १९, गुल्मी । गुल्मी जिल्लाको स्थानिय निर्वाचनमा यहाँका दुई राजनैतिक दलका उमेदवारहरुले आ–आफ्नो दलको ईज्जत बचाउन सफल भएका छन् ।  

न"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् गुल्मीमा दुई पार्टीको ईज्जत राख्ने दुई उमेदवार

२०७४, १९ असार सोमबार ११:५८

प्रेम सुनार/असार १९, गुल्मी । गुल्मी जिल्लाको स्थानिय निर्वाचनमा यहाँका दुई राजनैतिक दलका उमेदवारहरुले आ–आफ्नो दलको ईज्जत बचाउन सफल भएका छन् ।  

नेकपा माओवादी केन्द्रका भुपाल पोखरेलले धुर्कोट गाउँपालिका प्रमुखमा विजयी भएर सो पार्टीको ईज्जत राख्न सफल भएका छन् भने कालिगण्डकी गाउँपालिकामा उपप्रमुख पदमा विजयी भएर  तारा थापाले राष्ट्रिय जनमोर्चाको ईज्जत बचाउन सफल भएकी हुन् ।

१० वर्षे जनयुद्धको सुरु देखि अन्तिम समय सम्म खटेका र शान्ति प्रकृया पछि गुल्मी जिल्ला पार्टीको  सचिवालय भित्र रहेर विकास निर्माणमा सक्रिय देखाउँदै आएका धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरे सो पार्टीबाट गाउँपालिका प्रमुख जित्ने पहिलो उमेदवार हुन् ।

उनि सो पार्टीबाट लुम्विनी अञ्चलमै खाता खोल्ने पहिलो व्यक्ति हुन् । त्यस्तै नेकपा एमाले संग जिल्लाभर तालमेल गरे पनि राष्ट्रिय जनमोर्चाबाट कालिगण्डकीकी तारा थापा सवै भन्दा ठुलो पद उपप्रमुख जित्ने उनि सो पार्टीको पहिलो र एक मात्र महिला हुन् ।

जनमोर्चा संग तालमेल गरे पनि एमालेका टिकाराम ढकाल पराजित भएका छन् भने नेपाली कांग्रेसका वेद थापा मगर विजयी भएका छन् । थापाले ४२९८ मत प्राप्त गरी विजयी भएका हुन् ।

निकटतम प्रतिद्धन्द्धी ढकालले ३७७० मत ल्याएर पछाडी परेका थिए । उपप्रमुख तारा थापाले ३८५६ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका ओमप्रसाद न्यौपानेले ३४११ मत ल्याएका थिए । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण