असार १९, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी रोल्पाले भोलि २० गते मंगलबारदेखि रोल्पामा अनिश्चितकालीन यातायात बन्द गर्ने भएको छ । 

आज एक विज्ञप्ति जारी गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १९, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी रोल्पाले भोलि २० गते मंगलबारदेखि रोल्पामा अनिश्चितकालीन यातायात बन्द गर्ने भएको छ । 

आज एक विज्ञप्ति जारी गर"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पामा नेपाल कम्युनिष्ट पार्टीद्धारा अनिश्चितकालीन यातायात बन्द

१९ असार २०७४, सोमबार १६:०३

असार १९, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी रोल्पाले भोलि २० गते मंगलबारदेखि रोल्पामा अनिश्चितकालीन यातायात बन्द गर्ने भएको छ । 

आज एक विज्ञप्ति जारी गरी धबाङ निवासी शहीद सेते वलीको छोरा वीरबहादुर वलीको रिहाइको माग गर्दै नेकपाले अनिश्चितकालीन रोल्पा बन्दको घोषणा गरेको हो ।

१४ गते सम्पन्न दोस्रो चरणको स्थानीय निर्वाचन विरुद्ध गतिविधि गरेको आरोपमा धबाङ निवासी शहीद सेते वलीको छोरा वीरबहादुर वलीलाई हिजो १८ गते जिल्ला प्रहरी कार्यालय रोल्पाले गिरफ्तार गरेको विज्ञप्ति मार्फत् सार्वजनिक गरिएको छ ।

नेकपाको जिल्ला सेक्रेटरी दलबहादुर खत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा गिरफ्तार परेका वलीको रिहाइ नभएसम्म यातायात बन्द गरिने भएकोले उक्त बन्दमा ऐक्यबद्धता जानाइ सहयोग गर्नुहुन सम्पूर्ण यातायात व्यवसायीहरुलाई हार्दिक अपिल गरिएको छ ।

यसैबीच निर्वाचन पहिले नै गिरफ्तारमा परेका नेकपाका केन्द्रीय सदस्य तथा राप्ती व्यूरो इन्चार्ज सुवास, जलजला साँस्कृतिक परिवार रोल्पाका इन्चार्ज हिमाल, नेपाल पत्रकार महासंघका ५ नंबर प्रदेश पार्षद पुष्टमान घर्तीमगर र अन्य जलजला साँस्कृतिक परिवारका ११ जना कलाकारहरुलाई नेकपा रोल्पाले एक कार्यक्रमको आयोजना गरी अवीर एवं खादा ओढाएर अभिनन्दन गरेको छ । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले हिजो राति करिब १० बजे रिहाइ गरेको थियो भने राप्ती व्यूरो इन्चार्ज सुवासलाई जिल्ला प्रहरी कार्यालय प्युठानले यही १६ गते रिहाइ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी