२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘माओेवादी–कांग्रेस जोडियो, एमालेलाई छोडियो’

२० असार २०७४, मंगलवार ०६:५६


 प्रेम सुनार/असार २०, गुल्मी । म यति वेला गुल्मीको धुर्कोट गाउँपालिमा विजयी उमेदवारहरुलाई निर्वाचन कार्यालयले आयोजन गरेको सपथ ग्रहण तथा ओहदाको प्रमाण पत्र हस्तान्तरण कार्यक्रम स्थलमा छु । 

म २०६४ र २०७० सालको संविधान सभा निर्वाचनको रिर्पोर्टिङ्ग गर्न धेरै पटक आएको थिए । त्यति वेला कांग्रेस, एमाले र माओवादी विच चुनाव प्रचारका क्रमा एकले अर्कोलाई देख्यो कि आक्रमक हुन्थे । ठाउँ ठाउँमा झडप पनि भएको थियो । तर यति वेला तिनै हिजोका मुसा र विराला जस्ता युवाहरुको हित प्रेम यति नजिकिएको देखियो कि यत्तिको त भर्खर विवाह भएका वेहुला वेहुली वा भर्खर माया प्रेम वसेका प्रेमी प्रेमीका विच पनि हुँदैन होला ।

  एउटा युवाले  छातिमा चारतारे झण्डा अंकित टिर्शर्ट लगाएका छन् अर्कोले हँसिया हतौंडा अंकित  टिशर्ट लगाएका छन् । एकले अर्कोको हात सङ्गलो पारेर वाजा तालमा झुमेका छन् । गीतको वोल यस्तो छ–‘कांग्रेस माओवादी जोडियो, एमालेलाई छोडियो … वाघको शालिका, एमाले किल्लामा  धुर्कोट पालिका, …धुर्कोट पालिका,… धुर्कोटपालिका  एमाले किल्लामा हाम्रो पालिका…..यस्तो गीत गाई सकेपछि चर्को हुटिङ्ग चल्छ र  घन्किन्छ वाजा झुम्न थाल्छन युवाहरु । .’

फेरी नारा सुरु हुन्छ , माओवादी कांग्रेस जोडियो , एमाले किल्ला तोडियो …यहि नारा  झण्डै एक महिना देखि घन्कियो धुर्कोट गाउँपालिका भित्र । सायद यहि नारा र कांग्रेस एमाले विचका सहमति पालनमा  पुर्ण ईमान्दारिता भएर होला माओवादी केन्द्रका एक मात्र गाउँ प्रमुखमा भुपाल पोखरेल विजयी भएका छन् ।

यस जिल्लामा मात्र पहिलो र एक मात्र माओवादी केन्द्रको विजयी उमेदवार होईनन पोखरेल , यो रिर्पोट तयार पार्ने वेला सम्म लुम्विनी अञ्चलकै पहिलो  विजयी उमेदवार हुन उनि ।  उनका लागि यो गाउँपालिका जित्न फलामको चिउँरा चपाउनु सरह थियो ।

तर एमालेको एक छापे गाविस भनेर चिनिने साविकको वाग्ला गाविस र हालको वडा नम्वर ७ ले नै माओवादी केन्द्रका पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका शिवबहादुर खत्रीलाई अन्य वडामा भन्दा बढि मत दिएर विजयी बनाए ।  चुनावी ईतिहाँसमा कांग्रेस , माओवादी दुवैका लागि यो ऐतिहाँसिक जित हो ।

उनिहरु सहित विजेता सवैलाई धुर्कोटका निर्वाचन अधिकृत लोकनाथ भुसाले सपथ खुवाउँदै  ओहदाको प्रमाण पत्र प्रदान गरे । धुर्कोट गाउँपालिकाका  कार्यकारी अधिकृत होमनाथ काफ्ले १०३ जनाले उमेदवारी दिएकोमा ३७ जना निर्वाचित भएका छन् ।

वाग्लाका कांग्रेसजनको गुनासो र खुशी

सपथ ग्रहण कार्यक्रम सकेर धुर्कोट गाउँपालिकाको वडा नम्वर ७ , साविकको वाग्ला गाविसमा पुगियो  । त्यहाँका कांग्रेसजनले माओवादी , कांग्रेस गठबन्धनले जितेकोमा अलि सास आएको बताए । यो जितलाई उनिहरुले ऐतिहाँसिक जितका रुपमा लिएको बताउँदै वाजातालमा एक साथ नाचेर खुशीयाली बनाए ।

 त्यहाँका कांग्रेसजनको आरोप यस्तो छ

– हामी वाग्लावासी कांग्रेस र माओवादी एमालेको राणशासनमा बाँचेका थियौं । अव मुक्त हुन्छौं कि भन्ने आशा पलाएको छ ।

– दल फेर्न पाउने अधिकार सवैलाई छ कि छैन ? यहाँ एमालेबाट कांग्रेसमा प्रवेश गरे पछि   सरकारी सेवा सुविधाबाट बञ्चित गरिन्छ । पछिल्लो उदाहरण ग्रामिण महिला स्वास्थ्य स्वयम सेविक एमालेबाट कांग्रेसमा प्रवेश गरेपछि उनको जागिर खाई दिए ।

– चुनाव भरी त्रासामा बाँच्यौं । लुकेर हिड्नु प¥यो । कांग्रेसजनका ढोका हानियो, हाम्रा कार्यकर्ता अनिल बिकलाई घरको खाँवामा बाँधेर निर्घात कुटेर आफ्ना कार्यकर्ताले बोकेको खुकुरी उसलाई समात्न लगाएर तस्वीर खिचियो ।

–त्यहाँका कांग्रेस सचिव तिर्थराज घिमिरेले हामी माथीको एमाले ज्यादती जस्ताको त्यस्तै मिडियामा पुराई दिन आग्रह गरे

– पार्टी सभापति मधुराम पन्थी लगायतका कांग्रेजनले रुकम रोल्पा र वाग्लाको तुलना गरे

वाग्लाका कांग्रेस सभापति मधुराम पन्थी

केहि दिन अघि एमालेको विजयी सभालाई सम्वोधन गर्न गुल्मी आएका एमाले अध्यक्ष कोपी शर्मा ओलीले भनेका थिए कि रुकुम, रोल्पामा गणतन्त्र आउनु त परै जाओस वहुदल पनि आएका छैन भनेर । 

उनले माओवादी दवदवा र चुनावमा माओवादीलाई वाहेक अरु दललाई भोट हाल्न त्यहाँका जनतालाई  स्वतन्त्र छैन भनेर भन्न खोजेका हुन् ।

पन्थीले भने रुकुम रोल्पामका जनतालाई वहुदल पनि आएको  छैन भने झन हामी त यहाँ एमालेको राणा शासनमा दविएर , अत्यचार सहेर बसेका छौं । रुकुम रोल्पामा वरु विकास भएको छ । त्यहाँ जताततै बत्ति पनि बलेको छ तर वाग्लामा वत्तिको हालात यस्तो छ । 

सडकको हविगत देख्नु नै भयो । विद्युतका पोल रुखहरुमा लत्रेका छन् । तल पुल त बनेको छ तर पुलमा जाने बाटो बनेको छैन् । खै लगतार एमालेले २०÷२५ वर्ष वाग्लामा शासन गरेर के भयो ? रुकुम रोल्पा संग विकासमा वाग्ला दाँजे भई हाल्यो नि ।

  एमालेबाट वाग्लामा विजयी वडाध्यक्ष  भिमप्रसाद पन्थी

–कांग्रेसजनको सवै आरोप चुनावी हत्काण्ड हुन् ।

–ति अनिल बिकलाई शुनियोजित रुपमा पठाईएको छ , बिकले खुकरी बोकेको भन्ने सुनेको छु ।  उनलाई नियन्त्रणमा लिन खोज्दा कुटपिट भएको भन्ने सुनेको छु ।

–आफुहरु स्वयंम भएर बसेका थियौ, जिस्काउन पठाउने उहाँहरु नै हो ।

–एमालेले जागिर खाई दियो भन्ने आरोप झुटो हो , वडाले गर्ने निर्णय हो , मलाई त त्यो कुरा पनि थाह छैन् ।

–भुकम्प पिडित भुपाल बिक किन परेनन् पिडिछमा हामीलाई थाह छैन, परे राम्रो हुने हो ।

– जे जति आरोपहरु एमालेलाई लगाईएको छ , त्यो सव गलत हो । 

तस्बिरमा हेर्नुहोस धुर्कोट गाउँपालिकाको शपथ ग्रहण समारोह ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने