२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘माओेवादी–कांग्रेस जोडियो, एमालेलाई छोडियो’

२०७४, २० असार मंगलवार ०६:५६


 प्रेम सुनार/असार २०, गुल्मी । म यति वेला गुल्मीको धुर्कोट गाउँपालिमा विजयी उमेदवारहरुलाई निर्वाचन कार्यालयले आयोजन गरेको सपथ ग्रहण तथा ओहदाको प्रमाण पत्र हस्तान्तरण कार्यक्रम स्थलमा छु । 

म २०६४ र २०७० सालको संविधान सभा निर्वाचनको रिर्पोर्टिङ्ग गर्न धेरै पटक आएको थिए । त्यति वेला कांग्रेस, एमाले र माओवादी विच चुनाव प्रचारका क्रमा एकले अर्कोलाई देख्यो कि आक्रमक हुन्थे । ठाउँ ठाउँमा झडप पनि भएको थियो । तर यति वेला तिनै हिजोका मुसा र विराला जस्ता युवाहरुको हित प्रेम यति नजिकिएको देखियो कि यत्तिको त भर्खर विवाह भएका वेहुला वेहुली वा भर्खर माया प्रेम वसेका प्रेमी प्रेमीका विच पनि हुँदैन होला ।

  एउटा युवाले  छातिमा चारतारे झण्डा अंकित टिर्शर्ट लगाएका छन् अर्कोले हँसिया हतौंडा अंकित  टिशर्ट लगाएका छन् । एकले अर्कोको हात सङ्गलो पारेर वाजा तालमा झुमेका छन् । गीतको वोल यस्तो छ–‘कांग्रेस माओवादी जोडियो, एमालेलाई छोडियो … वाघको शालिका, एमाले किल्लामा  धुर्कोट पालिका, …धुर्कोट पालिका,… धुर्कोटपालिका  एमाले किल्लामा हाम्रो पालिका…..यस्तो गीत गाई सकेपछि चर्को हुटिङ्ग चल्छ र  घन्किन्छ वाजा झुम्न थाल्छन युवाहरु । .’

फेरी नारा सुरु हुन्छ , माओवादी कांग्रेस जोडियो , एमाले किल्ला तोडियो …यहि नारा  झण्डै एक महिना देखि घन्कियो धुर्कोट गाउँपालिका भित्र । सायद यहि नारा र कांग्रेस एमाले विचका सहमति पालनमा  पुर्ण ईमान्दारिता भएर होला माओवादी केन्द्रका एक मात्र गाउँ प्रमुखमा भुपाल पोखरेल विजयी भएका छन् ।

यस जिल्लामा मात्र पहिलो र एक मात्र माओवादी केन्द्रको विजयी उमेदवार होईनन पोखरेल , यो रिर्पोट तयार पार्ने वेला सम्म लुम्विनी अञ्चलकै पहिलो  विजयी उमेदवार हुन उनि ।  उनका लागि यो गाउँपालिका जित्न फलामको चिउँरा चपाउनु सरह थियो ।

तर एमालेको एक छापे गाविस भनेर चिनिने साविकको वाग्ला गाविस र हालको वडा नम्वर ७ ले नै माओवादी केन्द्रका पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका शिवबहादुर खत्रीलाई अन्य वडामा भन्दा बढि मत दिएर विजयी बनाए ।  चुनावी ईतिहाँसमा कांग्रेस , माओवादी दुवैका लागि यो ऐतिहाँसिक जित हो ।

उनिहरु सहित विजेता सवैलाई धुर्कोटका निर्वाचन अधिकृत लोकनाथ भुसाले सपथ खुवाउँदै  ओहदाको प्रमाण पत्र प्रदान गरे । धुर्कोट गाउँपालिकाका  कार्यकारी अधिकृत होमनाथ काफ्ले १०३ जनाले उमेदवारी दिएकोमा ३७ जना निर्वाचित भएका छन् ।

वाग्लाका कांग्रेसजनको गुनासो र खुशी

सपथ ग्रहण कार्यक्रम सकेर धुर्कोट गाउँपालिकाको वडा नम्वर ७ , साविकको वाग्ला गाविसमा पुगियो  । त्यहाँका कांग्रेसजनले माओवादी , कांग्रेस गठबन्धनले जितेकोमा अलि सास आएको बताए । यो जितलाई उनिहरुले ऐतिहाँसिक जितका रुपमा लिएको बताउँदै वाजातालमा एक साथ नाचेर खुशीयाली बनाए ।

 त्यहाँका कांग्रेसजनको आरोप यस्तो छ

– हामी वाग्लावासी कांग्रेस र माओवादी एमालेको राणशासनमा बाँचेका थियौं । अव मुक्त हुन्छौं कि भन्ने आशा पलाएको छ ।

– दल फेर्न पाउने अधिकार सवैलाई छ कि छैन ? यहाँ एमालेबाट कांग्रेसमा प्रवेश गरे पछि   सरकारी सेवा सुविधाबाट बञ्चित गरिन्छ । पछिल्लो उदाहरण ग्रामिण महिला स्वास्थ्य स्वयम सेविक एमालेबाट कांग्रेसमा प्रवेश गरेपछि उनको जागिर खाई दिए ।

– चुनाव भरी त्रासामा बाँच्यौं । लुकेर हिड्नु प¥यो । कांग्रेसजनका ढोका हानियो, हाम्रा कार्यकर्ता अनिल बिकलाई घरको खाँवामा बाँधेर निर्घात कुटेर आफ्ना कार्यकर्ताले बोकेको खुकुरी उसलाई समात्न लगाएर तस्वीर खिचियो ।

–त्यहाँका कांग्रेस सचिव तिर्थराज घिमिरेले हामी माथीको एमाले ज्यादती जस्ताको त्यस्तै मिडियामा पुराई दिन आग्रह गरे

– पार्टी सभापति मधुराम पन्थी लगायतका कांग्रेजनले रुकम रोल्पा र वाग्लाको तुलना गरे

वाग्लाका कांग्रेस सभापति मधुराम पन्थी

केहि दिन अघि एमालेको विजयी सभालाई सम्वोधन गर्न गुल्मी आएका एमाले अध्यक्ष कोपी शर्मा ओलीले भनेका थिए कि रुकुम, रोल्पामा गणतन्त्र आउनु त परै जाओस वहुदल पनि आएका छैन भनेर । 

उनले माओवादी दवदवा र चुनावमा माओवादीलाई वाहेक अरु दललाई भोट हाल्न त्यहाँका जनतालाई  स्वतन्त्र छैन भनेर भन्न खोजेका हुन् ।

पन्थीले भने रुकुम रोल्पामका जनतालाई वहुदल पनि आएको  छैन भने झन हामी त यहाँ एमालेको राणा शासनमा दविएर , अत्यचार सहेर बसेका छौं । रुकुम रोल्पामा वरु विकास भएको छ । त्यहाँ जताततै बत्ति पनि बलेको छ तर वाग्लामा वत्तिको हालात यस्तो छ । 

सडकको हविगत देख्नु नै भयो । विद्युतका पोल रुखहरुमा लत्रेका छन् । तल पुल त बनेको छ तर पुलमा जाने बाटो बनेको छैन् । खै लगतार एमालेले २०÷२५ वर्ष वाग्लामा शासन गरेर के भयो ? रुकुम रोल्पा संग विकासमा वाग्ला दाँजे भई हाल्यो नि ।

  एमालेबाट वाग्लामा विजयी वडाध्यक्ष  भिमप्रसाद पन्थी

–कांग्रेसजनको सवै आरोप चुनावी हत्काण्ड हुन् ।

–ति अनिल बिकलाई शुनियोजित रुपमा पठाईएको छ , बिकले खुकरी बोकेको भन्ने सुनेको छु ।  उनलाई नियन्त्रणमा लिन खोज्दा कुटपिट भएको भन्ने सुनेको छु ।

–आफुहरु स्वयंम भएर बसेका थियौ, जिस्काउन पठाउने उहाँहरु नै हो ।

–एमालेले जागिर खाई दियो भन्ने आरोप झुटो हो , वडाले गर्ने निर्णय हो , मलाई त त्यो कुरा पनि थाह छैन् ।

–भुकम्प पिडित भुपाल बिक किन परेनन् पिडिछमा हामीलाई थाह छैन, परे राम्रो हुने हो ।

– जे जति आरोपहरु एमालेलाई लगाईएको छ , त्यो सव गलत हो । 

तस्बिरमा हेर्नुहोस धुर्कोट गाउँपालिकाको शपथ ग्रहण समारोह ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी