२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मैले गगन दाइको जस्तो गफ हानेको होईन, कृषिमा लाग्ने हो भने कोही खाँडी जानुपर्दैनः ज्ञानबहादुर शाही

२०८१, १८ मंसिर मंगलवार १६:३८

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सबै नेपालीलाई स्वदेशी उत्पादन उपभोग गर्न सुझाव दिएका छन् । फलफूल उत्पादक किसान महासंघ नेपालले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा कृषि उत्पादनमा लाग्ने हो भने कोही पनि खाँडी मुलुक जान नपर्ने बताएका हुन् ।

‘नेपालमा उत्पादन नहुने होईन । कोही पनि खाँडी जानु पर्दैन नेपालमा कृषि राम्रो भयो भने । मैले गगन दाईको जस्तो गफ हानेको चाहीँ होईन, यो वास्तविकता हो,’– उनले भने ।

उनले नेपालमा केराको मात्रै २० अर्बको बजार रहेको र अहिले नेपाली उत्पादनले आधामात्रै धानेको बताए । त्यस्तै, यस वर्ष ३२ करोडभन्दा बढीको गोलभेडा र आलु ६ अर्ब ८१ करोडको आयत भएको बताए । ४३ करोड ८० लाख रुपैयाँको खसी र भेडा बाख्रा, माछा ५५ लाख ५० हजार किलो माछा आयत भएको उनले सुनाए ।

साथै, उनले किसानका लागि कृषि मन्त्रालय मरिसकेको टिप्पणी गरे । आफूले किसानहरुको हक हितका लागि कृषिमन्त्रीसँग पटक–पटक संवाद गरेपनि माग सुनुवाई नभएको बताए । ‘यो देशमा कृषि मन्त्रालय मर्यो । किनभने काम नै भएन । कृषिमन्त्रीलाई मैले एक महिनामा ५० पटक फोन गरेँ होला,’– उनले भने ।

तत्कालीन राजाहरुले देशमा किसान भन्दा ठूलो कोही छैन भनेर जिल्ला–जिल्लामा जिल्ला कृषि कार्यालय खोलिदिइको उनले बताए । अहिले कृषि विकास बैंकले किसानलाई ऋण नदिएर गाडी किन्नमा लगानी गरिरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल