८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मैले गगन दाइको जस्तो गफ हानेको होईन, कृषिमा लाग्ने हो भने कोही खाँडी जानुपर्दैनः ज्ञानबहादुर शाही

१८ मंसिर २०८१, मंगलवार १६:३८

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सबै नेपालीलाई स्वदेशी उत्पादन उपभोग गर्न सुझाव दिएका छन् । फलफूल उत्पादक किसान महासंघ नेपालले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा कृषि उत्पादनमा लाग्ने हो भने कोही पनि खाँडी मुलुक जान नपर्ने बताएका हुन् ।

‘नेपालमा उत्पादन नहुने होईन । कोही पनि खाँडी जानु पर्दैन नेपालमा कृषि राम्रो भयो भने । मैले गगन दाईको जस्तो गफ हानेको चाहीँ होईन, यो वास्तविकता हो,’– उनले भने ।

उनले नेपालमा केराको मात्रै २० अर्बको बजार रहेको र अहिले नेपाली उत्पादनले आधामात्रै धानेको बताए । त्यस्तै, यस वर्ष ३२ करोडभन्दा बढीको गोलभेडा र आलु ६ अर्ब ८१ करोडको आयत भएको बताए । ४३ करोड ८० लाख रुपैयाँको खसी र भेडा बाख्रा, माछा ५५ लाख ५० हजार किलो माछा आयत भएको उनले सुनाए ।

साथै, उनले किसानका लागि कृषि मन्त्रालय मरिसकेको टिप्पणी गरे । आफूले किसानहरुको हक हितका लागि कृषिमन्त्रीसँग पटक–पटक संवाद गरेपनि माग सुनुवाई नभएको बताए । ‘यो देशमा कृषि मन्त्रालय मर्यो । किनभने काम नै भएन । कृषिमन्त्रीलाई मैले एक महिनामा ५० पटक फोन गरेँ होला,’– उनले भने ।

तत्कालीन राजाहरुले देशमा किसान भन्दा ठूलो कोही छैन भनेर जिल्ला–जिल्लामा जिल्ला कृषि कार्यालय खोलिदिइको उनले बताए । अहिले कृषि विकास बैंकले किसानलाई ऋण नदिएर गाडी किन्नमा लगानी गरिरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता