८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोमालाभलाई नहटाउने अड्डी कस्दै सभामुख घिमिरे, सिके राउतलाई पठाए जवाफ

१८ मंसिर २०८१, मंगलवार १६:५६

काठमाडौँ | संघीय संसद सचिवालयले जनमत पार्टीकी समानुपातिक सांसद गोमालाभ सापकोटालाई कारबाही गर्नेबारेमा जातजाति, वर्ण, रंग, लिङ्ग, समुदाय, भाषा, धर्म, शारीरिक अवस्थालगायतका कुनैपनि आधारमा विभेद नभएको बताएको छ ।

जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा. सिके राउतले पार्टीले कारबाही सिफारिश गरेको सांसदलाई कारबाही नगरेकोको भन्दै सभामुख देवराज घिमिरेको राजीनामा माग गरेका थिए । सभामुख घिमिरेको नातेदार र समूदायको मान्छे भएकाले गोमालाभलाई कारबाही नगरिएको जनमतको जिकिर थियो ।

जनमतको जिकिरको खण्डन गर्दै संसद् सचिवालयले भनेको छ, ‘प्रतिनिधिसभा सदस्य माननीय गोमा लाभ (सापकोटा) का सम्बन्धमा जनमत पार्टीबाट जारी भएको प्रेस विज्ञप्तिप्रति संघीय संसद सचिवालयको ध्यानाकर्षण भएको छ। संघीय संसद सचिवालयबाट कुनैपनि जातजाति, वर्ण, रंग, लिङ्ग, समुदाय, भाषा, धर्म तथा शारीरिक अवस्था लगायतका कुनैपनि आधारमा विभेद नभएको र नहुने कुरा स्पष्ट पार्न चाहन्छौं।

जनमत पार्टीबाट समानुपातिक सदस्यमा निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय गोमा लाभ (सापकोटा) लाई पार्टीको विधान बमोजिम कारवाही गरी साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको भनी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) बमोजिमको प्रक्रिया अगाडि बढाइदिन संघीय संसदको महासचिवलाई सम्बोधन गरी पत्र लेखी आएपछि संघीय संसद सचिवालयले सो विषयमा नेपालको संविधान र सम्वन्धित कानूनहरु (प्रतिनिधि सभा नियमावली, २०७९ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३) का प्रावधानहरुको व्यवस्था बमोजिम निर्णयार्थ पेश गरेको र सम्माननीय सभामुखले कानून बमोजिम निर्णय गर्नुभएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता