८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश

१९ मंसिर २०८१, बुधबार १३:१३

काठमाडौं । नेपाल समाजवादी पार्टी निकट प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज शर्मा ढोडारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उनलाई खाँदा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

शर्मालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन एकता र ध्रुवीकरणको प्रक्रियामा अघि बढेकाले विभिन्न घटकहरुसँग एकता प्रक्रिया सुरु भएको बताए । व्यक्तिगत रुपमा ध्रुवीकृत हुने क्रम पनि बढेको भन्दै उनले यसले आगामी यात्रालाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

प्रवेश गरेका शर्माले माओवादी स्कुलिङबाट विभिन्न ठाँउमा छरिएकाहरु सबैलाई समेटेर विशाल पार्टी बनाउने अभियानमा सहयोग पुर्याउन आफू माओवादी केन्द्रमा गोलबद्ध भएको बताए ।

दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय शर्मा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रशिक्षण समितिको सदस्य भएर काम गरिसकेका छन् । प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ, पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता